सिद्धार्थ ग्रुपले २४ औं वार्षिक उत्सव मनायो : अनाथलाई निःशुल्क भोजनदेखि मन्दिर सरसफाईसम्म

स्काई न्यूज / माघ २३, सुर्खेत । होटल सेवा क्षेत्रमा धेरै नाम कमाएको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले आफ्नो २४ औं वार्षिकोत्सव विविधि कार्यक्रम गरि मनाएको छ । सिद्धार्थले आइतबार आफ्नो २४ औं वार्षिक उत्सवको अवसर पारेर सुर्खेतको वीरेन्द्रनगर स्थित प्रसिद्ध धार्मिक स्थल देउतीबज्यै मन्दिर परिसरमा सरफसाई गरेको सिद्धार्थ–शनि भिलेज रिसोर्टका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले जानकारी दिए ।
उनले वाष्किि उत्सवकै अवसर पारेर आइतबार नै वीरेन्द्रनगर स्थित अनाथ आश्रम ‘साझा घर नेपाल’ मा रहेको ७०/८० जना अनाथ बालबालिकालाई भोजन खुवाईएको जानकारी दिए । उनका अनुसार सुर्खेत स्थित कार्यालयमा कार्यरत कम्पनीका कर्मचारीहरुले केक काटेर वार्षिक उत्सव मनाईएको थियो । वार्षिक उत्सवकै अवसरमा आफ्ना महिला कर्मचारीलाई निःशुल्क सेनेटरी प्याड बितरण गरिएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

उनका अनुसार सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले २४ औं वार्षिक उत्सव सुर्खेतसहित बुटवल, काठमाण्डौ, चितवन, पोखरा, नेपालगञ्ज, महेन्द्रनगरलगायत देशका प्रमुख शहरहरुमा विविधि कार्यक्रम गरी मनाएको छ । उनले सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले नाफा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानव सेवा बेला बखतमा गर्दै आईरहेको समेत जनाए ।