

रगवीर विश्वकर्मा /फागुन १२, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बाङ्गेसीमल सामुदायिक सिकाई केन्द्र भवनको शिलान्यास गरिएको छ । सिपमुलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सोमबार एक कार्यक्रमका वीच वीरेन्द्रनगर नगरपालिका १ नम्वरका वडाध्यक्ष शोभानसिंह वलीले शिलान्यास गरेका हुन् । उनले समुदायको चौतर्फी विकासका लागि सामुदायिक सिकाई केन्द्रको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे ।


उनले भवन निर्माणका लागि अपुग रकम सरकारी तथा गैरसरकारी संघसंस्था एवं समुदायसँग मिलेर पुरा गरिने बताए । भवन निर्माणका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मोहनदेव गिरीले जनाए । उनका अनुसार हालसम्म २ लाख रुपैयाँ केन्द्रको बैंक खातामा रहेको, २ लाख वार्ड कार्यालयबाट सहयोग प्राप्त भएको र बाँकी रकम सरकारी तथा गैरसरकारी संघसंस्थासँगै समुदायबाट सहयोग लिएर भवन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।








