२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 28, 2026

अन्तत : प्रतिनिधि सभाबाट पारित भयो एमसीसी सम्झौता



फागुन १५, काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट अन्तत : अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेकोमा संसदले उक्त सम्झौता पारित गरेको छ ।

नेकपा(एमाले) ले प्रतिनिधि सभामा विरोध गरेता पनि सांसदहरुले उक्त सम्झौता पारित गरेका हुन् ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।

एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने यसअघि सत्तारुढ दलहरुबीच सहमति भएको थियो । आर्थिक अभियान

प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार
Translate »