फेरी इन्धनको मूल्य बढ्यो, हाल सम्मकै उच्च मूल्य कायम

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक ५ रुपैँयाले वृद्वि

फागुन १९, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल, डिजेल  र  मट्टितेलमा प्रतिलिटर ५ रुपयाँ बृद्धि गर्दै हाल  सम्मकै उच्च रेकर्ड मूल्य १५० रुपैयाँ पुर्‍याएको हो ।

बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य  बढाउने निर्णय गरेको हो । मार्च १ मा भारतीय आयल कर्पोरेसनले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूचि पठाएको थियो ।

आईओसीले पेट्रोल मा ३.८९ रुपैयाँ डिजलमा ३ रुपैयाँ , हवाई ईन्धनमा ३.५० रुपैयाँ र ग्याँसमा १०० रुपैयाँले बढाएर नयाँ मूल्य सूचि पठाएको थियो ।

Translate »