मास्क लगाएरै फोन अनलक गर्न सकिने, घडीमा कोभिड खोपको सर्टिफिकेट हेर्न मिल्ने

फागुन ४, काठमाडौं । आईफोन १२ वा एप्पलका नयाँ मोडलका फोन प्रयोगकर्ताले अब मास्क नखोलिकनै फोन अनलक गर्न सक्नेछन् । एप्पलले हालै सार्वजनिक गरेको आईओएस १५।४ मा मास्क लगाए पनि फेस आईडी चल्ने फिचर समावेश गरिएको छ । विश्वभरका आफ्ना ग्राहकका लागि एप्पलले यसै साता आईओएस १५।४ सार्वजनिक गरेको छ ।
एप्पलले अनेक फिचर र परिवर्तनसहित सफ्टवेयरको नयाँ भर्सन ल्याएको छ । यसअघि आईओएस १५।३ मा खासै धेरै फिचर राखिएका थिएनन् । अहिलेको अपडेट डाउनलोड गर्न आइफोनको सेटिङमा गएर जेनेरलभित्र ‘सफ्टवेयर अपडेट’मा थिच्नुपर्छ । त्यहाँ ‘डाउनडोल एन्ड इन्स्टल’ अप्सन देखापर्छ । त्यसमा थिचेर एप्पलका टर्महरूमा अग्री गरेपछि केही मिनेटभित्रमा मोबाइलको सफ्टवेयर अपडेट हुन्छ ।

के-के छन् नयाँ फिचर ?

१. नयाँ इमोजी
आईओएस १५।४ मा कुल ११२ वटा नयाँ इमोजी थप गरिएको छ । यसमा ओठ टोकेको, पग्लिएको अनुहार, गर्भवती पुरुष, दाह्रीवाला महिला, रगतरहित सुई, जलेको मुटुजस्ता इमोजी समाविष्ट छन् । सफ्टवेयर अपडेट गरिसकेपछि यी इमोजी विभिन्न एपहरूमा पठाउन सकिनेछ । तर, आईओएसको पूरानो भर्सनका फोनमा यी देखा पर्दैनन् ।

२. घडीमा कोभिड भ्याक्सिन सर्टिफिकेट
युरोपेली संघले प्रदान गर्ने कोभिड–१९ खोपको सर्टिफिकेट भएकाहरूले अब त्यसलाई आईफोनको हेल्थ र वालेट एपमा राख्न सक्नेछन् । यिनमा राखेपछि प्रयोगकर्ताले एप्पल वाच वा फोनको साइड बटनमा दुईचोटी थिचेर सर्टिफिकेट हेर्न वा देखाउन सक्छन् । एपमा सर्टिफिकेट राख्न आइफोनको क्यामराले सर्टिफिकेटको क्यूआर कोड स्क्यान गरे पुग्छ ।

३. मास्क नखोली फेस आईडी चल्ने
कोभिड–१९ महामारीका कारण मास्क लगाउनु परेपछि सार्वजनिक स्थलमा फेस आईडी प्रयोग गर्न चुनौती भएको थियो । एप्पलको घडी लगाउनेहरूले भने घडीमार्फत् फोन अनलक गर्न सक्थे । घडी नहुनेहरूले पासकोड टाइप गर्नुपर्थ्यो । अब भने एप्पलले आईफोन १२ वा अन्य नयाँ मोडलका फोनमा मास्क लगाए पनि फेस आईडीबाट फोन अनलक गर्न सकिने सुविधा ल्याएको छ ।
४. फाइन्ड माई नेटवर्कमा नयाँ एन्टि–स्टकिङ उपाय
‘फाइन्ड माई’ एपभित्रको ‘मी’ ट्याबमा एप्पलले नयाँ ‘ट्रयाकिङ सूचना’ सेटिङ थप गरेको छ । योसँगै आईओएसले अब नयाँ एयरट्याग जोड्दा प्रयोगकर्तालाई गलत उदेश्य ९जस्तै, अरुलाई पछ्याउने वा स्टक गर्ने० का लागि डिभाइस प्रयोग नगर्न चेतावनी दिनेछ ।

५. सीरीमा नयाँ भ्वाइस अप्सन
आईओसएस १५।४ मा सिरीका लागि अमेरिकी लवजको पाँचौ भ्वाइस अप्सन थप गरिएको छ । यसअघि अमेरिकी लवजका चारथरी बेग्लाबेग्लै आवाज थिए । यीसँगै नयाँ भर्सनमा अन्य फिचर पनि रहेका छन् । (ईकान्तिुर)

 

 

Translate »