२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 28, 2026

पासवर्ड कसरी सुरक्षित बनाउने ? यी हुन् कमजोर पासवर्डहरु



वैशाख १, काठमाडौं । आजको युग भनेको सूचना प्रविधिको युग हो ।

साना ठूलो कामका लागि  पनि मोबाइल तथा इन्टरनेटको साहरा लिनु पर्ने हुन्छ ।  हुन पनि हो,  मोवाइल तथा इन्टरनेटको प्रयोगका लागि अलग – अलग पासवर्डको प्रयोग गर्नुपर्ने अवस्था छ । अझ विभिन्न बैंकदेखि लिएर विभिन्न मोवाइल एप्सहरु चलाउन पासवर्डको प्रयोग गर्नुपर्दछ ।

तर यति धेरै  अलग – अलग  पासवर्ड  सम्झन सक्नु जो कोहिका लागि मुश्किल हुन्छ ।  तर यस्तो अवस्थामा  कतिपयले यस्तो पासवर्ड प्रयोग गर्ने  गर्दछन् जुन छाटो समयमा नै सम्झन सजिलो होस ।  तर यसले ठूलो क्षति पुर्‍याउँदछ । यसबाट आर्थिक क्षति मात्र होइन डाटा चोरी  हुने र ह्याक हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

पासवर्ड म्यानेजमेन्ट कम्पनी नोड पासले सामान्य सावधानी नअपनाउँदा प्रयोगकर्ताहरुले वर्षेनी ठूलो क्षति व्यहोर्दै  आएको बताएको छ । उक्त कम्पनीले वर्षेनी अधिकांश कमजोर पासवर्ड  प्रयोग नगर्न र बारम्वार पासवर्ड परिवर्तन गर्नसमेत प्रयोगकर्ताहरुलाई सुझाव समेत दिंदै आएको छ । कम्पनीले कमजोर पासवर्डको लिष्टसमेत सार्वजनिक  गर्ने गरेको छ ।

जसको ह्याक गर्न सेकेन्ड समय पनि लाग्दैन । यसैबाट थाहा हुन्छ कि सजिलोका लागि तपाई हामीले चुन्ने गरेको पासवर्ड  व्यक्तिगत खाता सुरक्षाको लागि निक्कै खतरनाक   हुन्छ ।कतिपयले त सम्झनाको लागि अंग्रेजी password या  १२३४५६७८ लेख्ने गरेको पाइन्छ । हुन त यस्तो सजिलो पासवर्ड  अधिकांशले प्रयोगमा ल्याउने गरेको  पाइन्छ । यस्तो सजिलो पासवर्ड प्रयोग गर्दा प्रयोगकर्ताहरुको खाता एकदमै असुरक्षित हुने प्रविधिसँग सम्वन्धित विज्ञहरुको भनाइ छ ।

कम्पनीले सार्वजनिक गरेको आफ्नो सूचीमा कमजोर  पासवर्डहरुको नाम समावेश गरेको छ । भारतकै कुरा गर्ने हो  भने पनि सन् २०२१ मा अधिकांश प्रयोगकर्ताहरुले यस्ता या यस्तै प्रकारका कमजोर पासवर्ड प्रयोग गर्ने गरेको खुलासा भएको छ । जुन यसप्रकार छन् ।

  • password
  • 12345
  • 123456
  • 123456789
  • 12345678
  • nepal23
  • 1234567890
  • 1234567
  • qwerty
  • abc123

अझ बैंकसम्वद्ध विज्ञहरुले त यस्तो सजिलो खालका पासवर्ड कहिल्यै प्रयोग गर्न नहुने बताएका छन् । यदि तपाईले पनि यस्ता प्रकारका सजिलो पासवर्ड प्रयोग  गर्ने  गरको छ भने  परिवर्तन गर्न आवश्यक  छ ।
सुरक्षा प्रयोजनका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा आफ्नो पासवर्ड बिर्सेका खण्डमा उक्त पासवर्ड रिसेट गर्न सकिनेसमेत भएकाले यसतर्फ  पनि ध्यान दिन आवश्यक छ ।

सामाजिक सञ्जाल वा अनलाइन बैंकसँग सम्वन्धित् एप्सको प्रयोग गर्दा त झनै  सावधानी अपनाउनु पर्दछ । यसका लागि कम्तिमा  आठ क्यारेक्टर(अक्षर) भन्दा  बढीको पासवर्ड  छान्नु आवश्यक छ ।

यसमा अल्फाबेटका साथ विशेष क्यारेक्टर  र नम्वरको पनि प्रयोग गर्नुपर्दछ ।  अझ विशेष ध्यान  केमा ध्यान दिन आवश्यक छ भने सामाजिक सञ्जाल वा अनलाइन बैंकसँग सम्वन्धित् एप्सको पासवर्ड  कहिल्यै पनि एउटै राख्नु हुँदैन । अलग अलग पासवर्ड सम्झन र प्रयोग गर्नका लागि सुरक्षित रुपमा गूगल डा्रइभको प्रयोग गर्नु आवश्यक छ ।

पासवर्डलाई सम्झना गाह्रो लाग्छ भने केहि  सावधानी त अपनाउनै पर्दछ । पासवर्ड कागजमा लेख्ने वा कम्प्युटरमा लेखेर सेभ गर्ने काम पनि गर्नुहुँदैन । यदि पासवर्ड विर्सने डर छ र कागजमा लेख्नैपर्नेछ भनेपनि त्यसलाई पासवर्ड हो भन्ने अरुले थाहा नपाउने गरी र आफुले मात्र बुझ्नेगरी लेख्नु पर्दछ । अझ उल्टोसुल्टो पारेर लेख्नु वा केही अक्षरहरु गल्ती समेत लेखेर आफुले सम्झिन सक्ने तरिकाले लेख्नुपर्दछ । (आर्थिक अभियान)

प्रकाशित मिति : २०७९ वैशाख १ गते बिहीबार
Translate »