२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 28, 2026

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ३ जना पक्राउ



वैशाख ५, काठमाडौं । प्रहरीले क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा विद्युतीय उपकरणसहित तीन जनालाई पक्राउ गरेको छ।

पछिल्लो दुई वर्षमा ६६ करोड ७९ लाख रुपैंया बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र २७ वर्षीय राहुल चचानलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधिमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको पाइएको छ ।

पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका राहुल चचानले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेन्सी कारोबार गरेको र उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ ।

हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९ वैशाख ५ गते सोमबार
Translate »