एभरेष्ट बैंकद्वारा सहयोग
स्काई न्यूज /बैशाख १४, सुर्खेत । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत कर्णाली प्रदेश अस्पताललाई समेत मेडिकल उपकरण प्रदान गरेको हो । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
साथै बैंकले केही महिना अगाडि बुटवलको लक्ष्मी पार्क घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिदिएको शौचालय पनि हस्तान्तरण गरेको छन् । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसैवीच कर्णाली प्रदेश सरकारले समेत जिल्लाका बादी सरोकार मञ्चमा आश्रय लिई रहेका ८० जना बादी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । सहयोग सामग्रीमा कपडा, झोला, स्टेशनरी, पानी खाने बोत्तल लगायत पाँच लाख बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
सहयोग सामाग्री कर्णाली प्रदेशका मुख्य सचिव राजकुमार श्रेष्ठले बालबालिकालाई हस्तान्तरण गरेका हुन् । नर्सरीदेखि कक्षा ९ सम्म अध्ययरत विपन्न बादी समुदायका ६७ जना बालबालिकाालई सिद्धपाइला बोडिङ्ग स्कुलले निःशुल्क पढाइ दिएको छ ।
विद्यालयमा शुल्क तिर्न नपरेपनि शैक्षिक सामाग्री किताब, कापी, कलम, झोला र डे«सको व्यवस्था भने मञ्चले नै गर्ने गरेको सञ्चालक हिक्मत बादीले बताए । उनका अनुसार हाल मञ्चमा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, दाङ तथा कैलाली जिल्लाका ८० जना बालबालिकाले आश्रय लिई रहेका छन् ।