सुर्खेत प्रशासनद्वारा पेट्रोलपम्पको अनुगमन

स्काई न्यूज /बैशाख २३, सुर्खेत ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगर स्थित पेट्रोलपम्पहरुको अनुगमन शुरु गरेको छ । प्रशासनले निर्वाचन ताका हुन सक्ने कालाबजारी र कृत्रिम अभावसँगै भव्यतव्य परेका बेला आवश्यक पर्ने ईन्धनको भण्डारण गर्नेलगायतका उद्देश्य बोकेर पेट्रोलपम्पहरुको अनुगमन शुरु गरेको हो ।

अनुगमका क्रममा आसन्न स्थानीय तहको निर्वाचन लक्षित दल तथा उम्मेदवारहरुबाट प्रचारप्रसारमा पेट्रोलियम पदार्थको खपत ह्रवातै बढाईपछि माग दोब्बरले बढेको पाईएको छ । केही पेट्रोल पम्पहरुले न्यून मात्रामा ईन्धनको भण्डारण गरेर राखेको भएपनि धेरैजसोले माग र आपूर्तिको सन्तुलन नै मिलाउन नसकेको पाईएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले बताए ।

उनले आसन्न निर्वाचनमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सहज आपूर्तिसँगै वितरण प्रक्रियालाई चुस्तदुरुस्त राख्न जिल्ला प्रशासन कार्यालयबाट नेपाल आयाल निगम प्रादेशिक कार्यालय सुर्खेतलाई निर्देशन भईसकेको जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा पेट्रोलियम पदार्थ विक्रेतालाई सहज वितरण प्रक्रिया मिलाउँदै निर्वाचन लक्षित भव्यतव्य परेका बेला आवश्यक ईन्धनको भण्डारण गर्न आग्रह गरिएको छ ।

यता नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका प्रतिनिधि हस्त भारतीले सार्वजनिक विदा परेका बेला माग र आपूर्तिको सन्तुलनमा असहजता देखिएको भएपनि अहिले सहज बनाईएको जानकारी दिए । उनका अनुसार निर्वाचनलाई लक्षित गरेर आयल निगमले ईन्धन आपूर्ति तथा वितरण प्रक्रियालाई सहज र सरल बनाईरहेको छ । उता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले निर्वाचनमा हुन सक्ने कालाबजारी र कृत्रिम अभावलाई प्रशासनले विशेष निगरानी राख्न आग्रह गरेको छ ।

Translate »