नेपाल टेलिकमले ल्यायो निर्वाचन लक्षित अफर, के – के छन् सुविधा

वैशाख २४, काठमाडौं । नेपाल टेलिकमले आगामी वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनको अवसरमा निर्वाचन अफर उपलब्ध  गराउने भएको छ ।

स्थानीय निर्वाचनको सन्दर्भमा टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर ल्याउने भएको हो ।

९८  रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । तीन दिनसम्म  सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।

उक्त अवधिसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० ओटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि ९८  रुपैयाँमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा  ९८ रुपैयाँमा खरीद गर्न सकिने छ ।

आगामी वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने उक्त अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने पनि कम्पनीले बताएको छ । आर्थिक अभियान

Aarthik Abhiyan Viber Community

Translate »