पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा दूर्घटना

जेठ १५, काठमाडौं ।  तारा एयरको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको लेतेमा दूर्घटनाग्रस्त अवस्थामा फेला परेको  छ।


पोखराबाट जोमसोमतर्फ उक्त विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको थियो ।  तारा एयरका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को- पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।

स्रोतका अनुसार जहाजमा १३ नेपाली, चार भारतीयसहित २ जना अन्य देशका नागरिक थिए । (आर्थिक अभियान)

Translate »