२०८३ कात्तिक ३० , आइतबार
Sky News Nepal
November 15, 2026

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण



स्काई न्यूज / जेठ  १५, सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

दैलेखको गुराँस गाउँपालिका–आठ नम्बर वडा कार्यालयले आज जाजरकोटको छेडागाड नगरपालिका–५, बाँका थलह बस्दै आएका ४० घरपरिवारका १ सय ४४ जना राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

गुराँस आठका वडाध्यक्ष दीपेन्द्र ओली नेतृत्वको टोलीले राउटेलाई माघ, फागुन र चैत महिनाको प्रतिव्यक्ति चार हजारका दरले ५ लाख ७६ हजार रुपैयाँ सुरक्षा भत्ता वितरण गरेको वडा सचिव सुस्मिता खड्काले बताए ।

उनले राउटेलाई ५ वर्ष अघि गुराँस गाउँपालिका–८, का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले उनीहरू जहाँ बसे पनि आठ नम्बर वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको जानकारी दिए ।

उनका अनुसार हरेक २र३ महिनामा बस्ती सर्दै जाने गर्ने क्रममा हाल राउटेहरू जाजरकोटको छेडागाड नगरपालिका–५, बाँका थलहमा बस्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार
Translate »