कृषिमा प्रधानमन्त्रीको नाममा अर्को कार्यक्रम

जेठ १५, काठमाडौं । सरकारले कृषि क्षेत्रमा प्रधानमन्त्रीको नाममा नयाँ कार्यक्रम शुरू गर्ने भएको छ । यसअघि २०७३ सालदेखि प्रधानमन्त्रीको नाममा ‘प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना’ सञ्चालनमा हुँदाहुँदै सरकारले आगामी आर्थिक वर्षदेखि प्रधानमन्त्रीकै नाममा नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको हो । सकारले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेटमार्फत प्रधानमन्त्रीको नाममा ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि’ कार्यक्रम सञ्चालनमा ल्याउने भएको हो । आइतवार अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उत्तल जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षबाट शुरू गरिने उक्त कार्यक्रमका लागि सरकारले ३ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन पनि गरेको छ ।
यसअघि आर्थिक वर्ष २०७३/०७४ देखि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोना पनि ३ अर्ब रुपैयाँ हाराहारीबाटै शुरू गरिएको थियो । पछिल्लो समय राजनीतिक दलका कार्यकर्तालाई बाँड्दैमा बजेट दुरुपयोग हुन थालेको भन्दै उक्त परियोजना चर विवादित बनेको छ । आगामी आर्थिक वर्षका लागि उक्त कार्यक्रमका लागि सरकारले ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त कार्यक्रमको बजेट शुरूको वर्षदेखि दुरूपयोग हुन थालेको भन्दै महालेखा परिक्षक कार्यालयले कार्यक्रमको औचित्यमाथि प्रशन उठाउँदै आएको छ । (आर्थिक अभियान)

Translate »