जिफन्ट कर्णालीको अध्यक्षमा जिसी निर्वाचित

स्काई न्यूज/ जेठ २६, सुर्खेत । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशको तेजप्रकाश जिसी निर्वाचित भएका छन् । जिफन्टको विहीबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले जिसीको अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा राधा श्रेष्ठ, सचिव श्रीपाल सारुमगर, सह–सचिव टीका अधिकारी र सदस्यहरुमा लालचना पाण्डे, तोमानन्द खत्री, निमबहादुर बुढा, धर्मरत्न थापा, यशौदा गौली, पवित्रा बुढा, मिज्जन अन्सारी, सुनिला थापामगर, खड्कबहादुर पुन, मनिराम भण्डारी, दीपा न्यौपाने, अनिष गौतम रकमला बस्याललाई निर्वाचित गरेको छ ।
अधिवेशनको उद्घाटन समारोहलाई जिफन्ट राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठले मजदुर वर्गको हक, हित र अधिकार मागेर प्राप्त होइन, खोसेर लिनका लागि संगठित हुन आवश्यक रहेको औल्याए । उनले संसारमा संघर्ष वेगर कुनैपनि चीज प्राप्त नहुने भएकाले शिक्षित–प्रशिक्षित बनेर मात्र अधिकार सुनिश्चित गर्न सकिने बताए । अधिवेशनमा जिफन्टका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज विदुर कार्कीले सरकारले कर्णालीमा तोकेको न्यूनतम् ज्याला कार्यान्वयनका लागि सबै मजदुर वर्ग युनियनमा संगठित गरी एउटै आवाज बुलन्द गर्न आवश्यक रहेको औल्याए ।

त्यस्तै जिफन्ट महासचिव जनक चौधरीले अधिवेशनबाट पारित चार वर्षे भावी योजना तथा कार्यक्रमहरु संगठन विस्तार तथा परिचालन, राजनैतिक वैचारिक कार्यदिशा, आर्थिक व्यवस्थापन, युवा/महिला विकास र श्रमिकका सरोकारवाला विषयहरुका कार्यक्रमहरु पुरा गर्न नीतिगत तथा प्रशासनिक पक्षलाई जोड दिई अगाडि बढ्न नवनिर्वाचित कार्यसमितिलाई निर्देशन दिए । कार्यक्रममा श्रम तथा रोजगार कार्यालय सुर्खेतका कार्यालय प्रमुख शम्शेर राना मगर, अधिवेशनमा जिफन्ट राष्ट्रिय कमिटी सचिव वेली माया घले, सचिव कृष्णबहादुर के.सी., केन्द्रीय सदस्यहरु सीता लामा, देवबहादुर बम, चन्द्राकुमारी धामी, पूर्व अञ्चल अध्यक्ष पूर्णबहादुर केसी, नेभा पूर्व जिल्ला अध्यक्ष शान्ता खड्कालगायत नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।