उत्कृष्ट लोगो डिजाइन गर्नेलाई १ लाख रुपैयाँ पुरस्कार

जेठ २८, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कार दिने घोषणा गरेको छ ।
महासंघले फेडेरेसन अफ एशियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एशोसिएशन (आईएफएडब्लूपीसीए) को उत्कृष्ट लोगो डिजाइन गर्नेलाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको हो ।

आईएफएडब्लूपीसीएको ४६ औं सम्मेलन महासंघको आयोजनामा नेपालमा हुने र उक्त सम्मेलनका लागि आवश्यक पर्ने लोगो प्रतिस्पर्धाबाट डिजाइन गर्ने बताइएको छ ।
इच्छुक व्यक्तिले ३५ दिनभित्र महासंघमा प्रस्ताव पेस गर्न सक्ने छन् । ‘लोगो छनोटमा उत्कृष्ट हुनेलाई महासंघको तर्फबाट प्रथम पुरस्कार १ लाख रुपैयाँ र सान्तवना पुरस्कारको समेत व्यवस्था गरिएको छ’, महासंघले सूचना जारी गर्दै भनेको छ । (आर्थिक अभियान)