डिप्रोक्स लघुवित्तद्वारा वित्तीय साक्षरता

स्काई न्यूज/ जेठ २९, सुर्खेत । डिप्रोक्स लघुबित्त वित्तीय संस्थाले सुर्खेतमा वित्तीय साक्षरता फैलाउन जुटेको छ । संस्थाले आर्थिक रुपमा विपन्न, सीमान्तकृत तथा अन्य स्तरका परिवारसम्म बित्तीय पँहुच पु¥याउन वित्तिय साक्षरता अभियान सञ्चालन गरेको हो ।
डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको एकता नगर शाखाले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमा संस्थाका कर्णाली प्रदेश प्रमुख रमेशबाबु कट्टेलले महिला सशक्तिकरण, गरिवी निवारण, विना धितो कर्जा लगानी, स्वरोजगार, उद्यमी बन्ने, बचत गर्ने बानीको विकास गर्ने लगायतका बारे जानकारी गराए ।
उनले आर्थिक रुपमा पछाडी परेका नागरिकलाई सवल तथा सक्षम बन्न स्वरोजगार एवं उद्यमी बन्न आवश्यक रहेको औल्याए । उनका अनुसार डिप्रोक्स लघुबित्तले विभिन्न शाखा मार्फत साधारण कर्जा, पशुपालन कर्जा, परियोजना कर्जा, लघु उद्यम कर्जा, व्यवसायीक वीमा, दुर्घटना वीमा, स्वास्थ्य वीमा, लघु वीमा, गम्भीर प्रकृतिका रोग वीमा, पशु वीमा, बाली वीमालगायतका सेवा प्रवाह गर्दै आईरहेको छ ।

कार्यक्रममा संस्थाका वीरेन्द्रनगर एकतानगर शाखा प्रमुख दामोदर गौतमले केन्द्र प्रमुखको काम, कर्तव्य तथा अधिकार, दायित्व तथा सामूहिक जिम्मेवारी, सेवा, सुविधा जस्ता विषयमा जानकारी गराएका थिए । उनले संस्थाद्वारा हालै ल्याईएको नँया सूचना प्रविधिको मोबाइल बैंकिङ्ग, डिप्रोक्सएमपासबुक, मोवाईल एसएमएस सम्बन्धी समेत जानकारी दिए ।
कार्यक्रममा संस्थाले दिने सेवा सुविधा, कर्जाको सदुउपयोगिताको महत्व, सदस्यताको दोहोरोपनाले पार्ने असर, लघुवित्तिय संस्थाले समाजमा पारेको प्रभाव, कृषिमा वित्तिय संस्थाको लक्ष्य, बचतको महत्वलगायतका बारेमा सहभागिलाई साक्षरता गराईएको थियो ।