२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 28, 2026

महँगी विरुद्ध राप्रपाको सुर्खेतमा प्रर्दशन



स्काई न्यूज/ असार १, सुर्खेत ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिदिन बढ्दो महंगी, कालाबजारी विरुद्ध बुधबार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेको छ । राप्रपाले दिनप्रदिन भईरहेको महंगी, कालोबजारी, मल, वीउ पेट्रोलियम पदार्थ अभाव र भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको हो । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले विभिन्न १९ बुँदे माग राख्दै प्रजिअ रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाईएको जानकारी दिए ।

उनले देशभरीका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र बुझाउने केन्द्रिय कार्यक्रम अन्तर्गत सुर्खेतमा समेत बुझाईएको बताए । ज्ञापन पत्रमा तत्काल किसानहरुलाई मल र वीउ उपलब्ध गराइनुपर्ने, महंगी तथा कालोबजार नियन्त्रण गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको श्रृङ्खलाबद्ध मुख्यवृद्धि रोकिनु पर्ने, भ्रष्टाचार नियन्त्रण गरी २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गरिनुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरिनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने लगायतका माग राखिएका छन ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधबार
Translate »