२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

कैलाली–सुर्खेत ३३ केभी प्रसारण लाइन विस्तार हुँदै



सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रसारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो ।

कम क्षमताको प्रसारण लाइनका कारण कर्णालीमा पटकपटक विद्युत् अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रसारणलाइन अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा रूख कटानसम्बन्धी प्रक्रियामा ढिलाइ हुँदा वैकल्पिक प्रसारण लाइनको प्रक्रिया अघि बढाइएको बताए । ‘कैलाली–सुर्खेत ३३ केभी प्रसारणलाइन विस्तारका लागि ठेक्का आव्हान भइसकेको छ, ठेकेदारलाई सम्झौताका लागि बोलाइएको छ,’ उनले भने, ‘यही असार १५ गतेसम्म सम्झौता गरी ठेकेदार कम्पनीलाई परिचालन गर्नेछौं ।’ कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौर सब–स्टेशन तथा त्यहाँबाट बड्डीचौर–बांगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा उक्त विद्युत् जोडिनेछ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभी लाइन यसअघि विस्तार भइसकेको छ । रासस

प्रकाशित मिति : २०७९ असार २ गते बिहीबार
Translate »