पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने सरकारकाे घाेषणा

असार ११, काठमाडौं । सरकारले अन्तत: प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिवार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको करमा कटौती गरेकाे घोषणा गरेका हुन् ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्नेछ ।

Translate »