२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 29, 2026

१९ गाउँपालिकाले ल्याएनन् बजेट

कुन प्रदेशका कति ?


असार ११, काठमाडौं । देशभरका १९ ओटा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छैनन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार देशभरका ४६० ओटा गाउँपालिकामध्ये ४३६ ओटाले मात्रै नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । यस्तै, १९ ओटा गाउँपालिकाले बजेट पेश नगरेको र ५ गाउँपालिका सम्पर्कमा नआएको प्याकुरेलले जानकारी दिए ।

बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनीका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका १/१ ओटा गाउँपालिका छन् । यस्तै,  कर्णाली र सुदूरपश्चिमका २/२ र प्रदेश १ को १ ओटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले बताएको छ ।  उनले बजेट नल्याउने गाउँपालिकाको नाम भने खुलाउन चाहेनन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ अनुसार स्थानीय तहले असार १० सम्म नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्छ । बजेट नल्याएका गाउँपालिकाले केही दिनमै बजेट ल्याउने महासंघले बताएको छ । (आर्थिक अभियान)

प्रकाशित मिति : २०७९ असार ११ गते शनिबार
Translate »