कर्णालीका मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेटवार्ता

स्काई न्यूज/ असार २१, सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेटबाता गरेकी छिन् । मंगलबार भएको भेटमा संघीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरुलाई परिररहेको मानसिक स्वास्थ्य सम्वन्धी असर, कर्णालीको सडक गुरुयोजनालगायतका विषयमा छलफल भएको थियो । भेटका क्रममा स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालिन मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा छलफल भएको थियो । स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्वपीडितहरुका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा चाँसो राखेकी थिईन् । उनले द्वन्द्वपीडितहरुको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनिकरणका लागि प्रदेश सरकार अझै गम्भीर हुनुपर्ने सुझाव दिए । भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको बताए । ‘द्वन्द्वपीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर छ,’ मुख्यमन्त्री शाहीले भने, ‘राहत, जीवननिर्वाह भत्ता, औषधोपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका छौं ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको जनाए ।

Translate »