वीरेन्द्रगर सहकारी संस्थाको बचत साढे ६५ करोड बढी पुग्यो

स्काई न्यूज/ असार २२, सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको बचत साढे ६५ करोड बढी पुगेको छ । संस्थाको बुधबार वीरेन्द्रनगरमा सम्पन्न २१ औं स्थापना दिवसको अवसरमा ६५ करोड ६५ लाख ८६ हजार ४ सय ५० रुपैयाँ वचत गर्न सफल भएको जानकारी दिएको हो । संस्थाको हालसम्म शेयरपूँजी १२ करोड २४ लाख ४० हजार ३ सय रुपैयाँ पुगेको छ । सुर्खेत जिल्लाभरी कार्यक्षेत्र रहेको सहकारीको बास्लात १ अर्ब १३ करोड ५६ लाख ७८ हजार ७ सय ७१ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष बमबहादुर विसीले जानकारी दिए ।

उनका अनुसार २ करोड ५० लाख ६७ हजार स्थिर सम्पत्ती रहेको संस्थाले ९४ करोड २२ लाख ७९ हजार ९ सय रुपैयाँ ऋण लगानी गरेको छ । त्यस्मा २ हजार ९ सय ७२ जना ऋणी रहेका छन् । मुख्य कार्यालयसहित ११ वटा अतिरिक्त सेवा केन्द्र मार्फत सहकारीले हाल कृषि, व्यापार, लघु उद्यम, सवारी साधनलगायतका क्षेत्रमा लगानी गरेको छ । सहकारीका हाल १९ हजार १ सय ९६ जना सदस्य मध्ये ११ हजार १ सय २७ जना महिला सदस्य रहेका छन् ।

जिल्लाका मेहलकुना बाबियाचौर, छिन्चु, बाङ्गेसीमल, पिपिरा, राकम, जहरे, ऐरीचोक, बड्डीचौर, गुटु र मालिकामा गरी कुल ८४ जना कर्मचारी रहेको सहकारीले जानकारी दिएको छ । संस्थाको स्थापना दिवसमा सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख खुमप्रसाद सुवेदी, संस्थाका मुख्य सल्लाहकार विष्णुबहादुर खड्का, सल्लाकार डाक्टर खगेन्द्र शाहीले संस्थाको आगामी प्रगतिको शुभकामना दिँदै कार्यक्षेत्र विस्तार एवं थप सुदृढ गर्न सुझाव दिए । संस्थाका वरिष्ठ उपाध्यक्ष ईन्द्रा हमालले स्वागत मन्तव्य राखेकी थिईन् ।

दिवसको अवसरमा उत्कृष्ट ९ जना कर्मचारीसहित एक जना सञ्चालक समितिबाट कमलप्रसाद नेपाललाई पुस्कृत गरिएको छ । विभिन्न विद्यामा उत्कृष्ट हुने २ सय सदस्यलाई सम्मान गर्नुका साथै वीमा वापतको रकम दुई जना सदस्यका आफन्तलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले कार्यत्रम सञ्चालन एवं व्यवस्थापन गरेका थिए भने व्यवस्थापक यामलाल खत्रीले संस्थाले हालसम्म गरेका वित्तिय प्रगतिसँगै विभिन्न गतिविधिका बारेमा प्रस्तुती प्रस्तुत गरेका थिए ।

Translate »