२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिमचरणको उत्खनन शुरु



असार २४, दैलेख । दैलेख जिल्लामा जारी पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिमचरणको उत्खननका लागि तयारीको काम शुरु भएको छ ।

चिनिया अन्वेषण सम्बन्धी विज्ञहरु सम्मिलीत टोलीले शुक्रवारदेखि परियोजना स्थलमा तयारीको काम अघि बढाएको हो ।

७ सदस्यीय सो टोलीले अन्वेषणको अन्तिमचरणको ड्रिलिङ गर्नु अघि निर्धारित ३ स्थानहरु मध्ये १ स्थानको अवलोकन गर्ने ,अन्वेषणका लागि ठूला ठूला औजारहरु परियोजनास्थलमा लैजानु पर्ने भएकोले त्यो कसरी लैजाने, जग्गाको उपलब्धि तथा मुआब्जा, विद्युूतको उपलब्धता लगानीको सम्भावना, औजार ढुवानीको लागि सडकको अवस्थाको विश्लेषण गरी प्रतिवेदन तयार गर्नेछ । अन्वेषण विज्ञ प्रा. थानको नेतृत्वको सो टोलीले २० दिन लगाएर प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनका आधारमा अन्तिम अन्वेषणको काम अघि बढाइने पेट्रोलियम अन्वेषण परियोजनाका परियोजना प्रमुख भुर्गभविद दिनेशकुमार नापितले बताए । टोलीले चीनबाट केरङहुँदै ल्याउने मेशिन तथा औजारको ढुवानी मार्गको पनि अवलोकन गर्नेछ ।

अन्तिम ड्रिलिड. पछि तेलको अवस्थिति, गहिराई र परिमाण तथा उत्पादन गर्दा प्रयोग गर्ने विधि र प्रविधिको पनि निक्र्यौल गर्नेछ ।

अहिलेसम्मको अध्ययनका आधारमा अन्वेषण उत्साहजनक रहेको र चिनिया टोली पनि उत्साहित रहेको परियोजना प्रमुख नापितले बताए । (रेडियो नेपाल)

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रबार
Translate »