जुनीचाँदेमा बल्ल बैंक पुग्यो

असार २६, सुर्खेत । जाजरकोटको जुनिचाँदेमा गाउँपालिकामा पहिलो पटक बैंक पुगेको छ । सरकारले देशका सबै पालिकामा बैंक पुगेको दावी गरेपनि आइतबार जाजरकोटको जुनिचाँदेमा कृषि विकास बैंकको शाख विधिवतरुपमा सञ्चालनमा आएको हो । सार्जनिक विदाका वावजुद जनप्रतिनिधिहरुको पहिलो कार्यकाल सकिएपछि जिल्लाको जुनिचाँदे गाउँपालिकामा बैंकको सेवा आरम्भ भएको छ। गाउँपालिकाको प्रशासनिक केन्द्र परालेमा कृषि विकास बैंकको शाखा स्थापना भएको ह । जाजरकोटका बैंक पुगेपनि मुलुकभरको वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार हाल देशका ७५३ स्थानीय तहमध्ये ७५१ तहमा वाणिज्य बैंकको एउटा शाखा स्थापना भएको छ । दुई वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा स्थापना हुन नसक्दा सरकारी लक्ष्य पूरा हुन सकेको छैन । अब देशैभर बैंकका शाखा पुग्न नसकेका स्थानहरूमा धादिङको रुबी भ्याली गाउँपालिका र बझाङको साइपाल (पुरानो नाम काँडा) गाउँपालिका हुन् ।

सुरक्षा र प्रशासनिक केन्द्रको विवादको कारण देखाउँदै शाखा स्थापना गर्न नमानेको कृषि विकास बैकले अस्थायी प्रहरी पोष्ट स्थापनासँगै सेवा प्रारम्भ गरेको हो । बैक स्थापनासँगै स्थानीयलाई रकम भुक्तानी लिन सहज भएको गाउँपालिकाले विश्वास व्यक्त गरेयको छ । बैंक नहुँदा आयोजनाका भुक्तानी लिन, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन र सामाजिक सुरक्षा भत्ता लिन दुई दिनको बाटो हिडेर सदरमुकाम जानुपर्ने बाध्यता थियो। बैंकको शाखा स्थापनासँगै बैंकिङ सेवा सुविधा सबै गाउँमै पाइनेछ। बैंकको शाखा स्थापनाका लागि कृषि विकास बैंक कर्णाली प्रदेश प्रमुख खुर्सेद अहमद जुनीचाँदेको पराले पुगेका थिए।

गाउँपालिका अध्यक्ष बेदबहादुर शाही र बैंकका प्रदेश प्रमुख अहमदले बुधबार संयुक्त रुपमा शाखाको उद्घाटन गरी सेवा आरम्भ गरेका थिए। बैंकको शाखा स्थापनासँगै जुनीचाँदेमा आर्थिक कारोबारमा सहजता आउने बैंकको शाखा प्रमुख नरभुपाल थारुले बताए।

Translate »