सुर्खेत मासु व्यवसायी संघको अध्यक्षमा शाही


स्काई न्यूज /असार २६, सुर्खेत । सुर्खेत मासु व्यवसायी संघको अध्यक्षमा पुनः टोपेन्द्रजंग शाही निर्वाचित भएका छन् । संघको आइतबार वीरेन्द्रनगरमा भएको ५ औं साधारण सभाले अध्यक्षमा पुनः शाहीलाई सर्वसम्मत चयन गरेको हो । सभाले वरिष्ठ उपाध्यक्षमा विक्रम कुमाल, उपाध्यक्ष दिपेन्द्र गैरोल, महिला उपाध्यक्ष तारा परियार, कोषाध्यक्ष सन्तोषी भण्डारी, सचिव किरण विक, सह–सचिव संगीता सुनार तथा सदस्यहरुमा महेश नेपाली, अशोक शाही, पप्पु कुरेसी र मानबहादुर विकलाई चयन गरेको छ ।

नवनिर्वाचित कार्य समितिले थप दुई जना अर्को बैठकबाट मनोनित गरेर १३ सदस्यीय कार्य बनाउने निर्णय भएको संघका अध्यक्ष शाहीले जानकारी दिए । सभालाई सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष प्रेमबहादुर रावत एवं मासु व्यवसायी संघ सल्लाहकार संयोजक जनकबहादुर थापाले मासु व्यवसायीलाई समय सान्दर्भिक उपभोक्तामैत्री बनाएर सामाजिक उत्तरदायित्वसहितको व्यापार, व्यवसाय गर्न सुझाव दिए ।

