महालेखाको प्रतिवेदन : ४ खर्ब ८३ अर्ब पुग्यो बेरूजु

असार २९ , काठमाडौं ।  सरकारको कूल बेरुजु पौने ५ अर्बभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार गत आर्थिक वर्षसम्ममा सरकारको कूल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रूपैयाँ रहेको हो । गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रूपैयाँ बराबर बेरुजु थपिएको छ ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको छ ।

राष्ट्रपतिसामु प्रतिवेदन पेश 

महालेखा परीक्षक टंकमणि शर्मा दंंगालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उक्त प्रतिवेदन पेश गरेका छन् ।  राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा महालेखा परीक्षक दंगालले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

Translate »