चिकित्सा शिक्षाको शुल्क बढ्यो, कसकाे कति ?

असार ३२, काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८र७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।
उनले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिए । उनका अनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको छ ।

स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्र रू.४१ लाख ६८ हजार ९०, एमबीबीएस उपत्यकाबाहिर रू.४५ हजार ९५ हजार ७२०, बीडीएस रू.२० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङ रू. १० लाख ३६ हजार शुल्क निर्धारण गरिएको छ ।

यस्तै बीएस्सी एमआइटी, बीपीटी, बी.मेडिकल माइक्रोलोजी र बी. बायोक्यामेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क रू. सात लाख ७७ हजार तोकिएको छ ।
यसैगरी स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको पनि रू.सात लाख ५७ हजार ८३० तोकिएको छ ।
स्नातकोत्तर तहभन्दा माथि एमफील क्लिनिकल साइकोलोजीको रू. तीन लाख चार हजार २२० र डीएमरएमचीएचको रू. २५ लाख ९० हजार शुल्क तोकिएको आयोगका उपसचिव शर्माले जानकारी दिए । रासस

