समाजवादको बाटो रोज्नेकी पूँजीवाद ! : नेकपा एमाले महासचिव पोखरेल

अहिले बैंकमा पनि पैसा छैन, बजारमा पनि पैसा छैन, कहाँ ग¥यो देशको पैसा ?

स्काई न्यूज/साउन ७, सुर्खेत । देशमा बढ्दो गरिवी, महँगी र दिनप्रतिदिन कमजोर हुँदै गईरहेको अर्थतन्त्रप्रति नेताहरु चिन्तित हुन थालेका छन् । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्यात भन्दा आयातलाई बढी प्रोत्साहन दिँदा मूल्यबृद्धिले आम नागरिकको दैनिकीलाई तहन नहस बनाएको बताए । उनले सरकारको गतल नीतिका कारणले मुद्रास्थितिको दर ५ प्रतिशत भन्दा माथि पुग्नुका साथै मूल्यबृद्धि दोब्बर भएको जिकिर गरे । ‘अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड महामारीका समयमा गरेको पूँजीगत खर्च जतिपनि वर्तमान सरकारले गर्न सकेको छैन्,’ उनले भने, ‘सरकारको गलत अर्थनीतिका कारणले पूँजीगत खर्च हुन नसक्दा तरलता बढ्नुका साथै आर्थिक गतिविधि ठप्प हुँदा गरिवी र महँगीले नागरिकको ढाँड सेकेको हो ।’

उनले देशमा आर्थिक संकट उत्पन्न गराएर नागरिकको ढाँड् सक्ने कामको जवाफदेहिता वर्तमान गठबन्धन सरकारले लिनुपर्ने औल्याए । नागरिकले दिनहुँ भोग्नु परिरहेका समस्याप्रति सरकार जिम्मेवार बन्नुको सट्टा बेखर बनेर मोजमौजी बन्दै गईरहेको उनको आरोप छ । ‘अहिले बैंकमा पनि पैसा छैन, बजारमा पनि पैसा छैन, कहाँ ग¥यो देशको पैसा भन्दा ? हुण्डी कारोवारी र ठूला आयातकर्ताहरु मार्फत कालो धनलाई सेतो धन बनाउनेहरुको हातमा पुग्यो,’ उनले भने, ‘नागरिकको खबरदारीले कालोधनलाई ‘सेतो’ बनाउन नसक्दा अहिले राष्ट्र बैंकका गर्भनरमाथि सत्तापक्षको आक्रमण यसैको उपज हो । कालोधनलाई सेतो धन बनाउन नसक्नुको पीडा उनीहरु बोलीरहेका छन् ।’

उनले नेपालको अर्थतन्त्रलाई संकटमा पार्नेहरु अब चुनाव मार्फत जनताको कट्घरामा उभ्याईनु पर्नेमा जोड दिए । उनका अनुसार वर्तमान आर्थिक संकट पार लगाउन नेकपा एमाले नेतृत्वको सरकारसँग मात्र सामाथ्र्य रहेको छ । उनले स्वाभिमान, स्वाधिनता र राष्ट्रिय हितको सवालमा आवाज उठाउँदै आएको नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले नाकाबन्दीको साम्ना, गुमेको भूभागलाई समेटेर नयाँ नक्सा प्रकासित एवं देशहितको पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग पैरवी जस्ता कार्य यसका जवलन्त उदाहरण भएको जिकिर गरे । ‘देश र जनताको पक्षमा काम गर्दै आईरहेको अघिल्लो ओली नेतृत्वको सरकारलाई घेराबन्दी गरेर कमजोर पार्नु भनेको देशलाई नै कमजोर पार्नु थियो,’ उनले भने, ‘अहिलेको पाँच दलिय गठबन्धन सरकारले आफुलाई ‘कम्फटेवल’ लम्पसारवादी बनाएपनि आम नागरिकलाई भने गरिवी र महँगीबाट हैरान बनाई रहेको छ ।’

उनले मुलुकमा बद्दो गरिवी, महँगी र भ्रष्टाचार विरुद्ध चार वटा एजेण्डाका साथ नेकपा एमाले जनता वीच आउने बताए । उनका अनुसार पहिलो स्वाभिमान, स्वाधिनता र राष्ट्रिय हितका लागि हुनेछ, दोस्रो समृद्धिको विषय भित्र, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य, तेस्रो सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको निर्माण तथा चौथो यो मुलुकलाई कुन बाटोमा हिडाउने भन्ने प्रश्न अन्तर्गत समाजवाद वा पूँजीवाद रोज्ने ? भन्ने रहने छन् । उनले भने, ‘समाजवादको आधार तयार गर्ने जनताको बहुदलिय जनवादको मार्गदर्शनमा अघि बढ्ने या वर्तमान पाँच दलिय शेरबहादुर देउवा नेतृत्वले बोकेको पूजीवादी अर्थात उदारीकरणको बाटो रोज्ने भन्ने प्रश्न हो । मुख्तहः नेता, कार्यकता र नागरिकले बुझ्नै पर्ने बेला आएको छ ।’

उनले जुन शत्रुसँग लड्नु पर्ने उसैसँग सम्झौंता गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन माथि गद्दारी गरेको आरोप लगाए । माओवादी र एकीकृत समाजवादीका नेता कार्यर्ताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गरि मुलुकको आर्थिक समृद्धिमा जुट्न आवश्यक रहेको उनको भनाइ थियो । ‘अहिले माओवादी र एकीकृत समाजवादीमा रहेका साथीहरु प्रचण्ड, माधवको नेतृत्वमा होइन, कमरेड ओलीको नेतृत्वमा आउनुहोस्,’ उनले भने, ‘देशमा अहिले मुख्तहः दुईटा बाटाहरु छन् । एउटा ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो हो, कुन रोज्ने ? प्रचण्ड–माधव त देउवाकै बाटोमा हुनुहुन्छ । जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हुन्छ । छिट्टै निर्णय लिनु होला ।’ उनले प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर नेकपा एमालेलाई रोक्नेमात्रै काम गरिरहेको बताए । वर्तमान गठबन्धन सरकार निश्चित स्वार्थ समूहको झुण्ड मात्र भएको उनको भनाई थियो ।

विवेकशील साझा कर्णाली कमिटी एमालेमा समायोजन
विवेकशील साझा पार्टीको कर्णाली प्रदेश कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । शनिबार वीरेन्द्रनगरमा भएको पार्टी प्रवेश कार्यक्रममा विवेकशील साझा पार्टी कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालसहित प्रदेशभरका ८ सय २६ जना कार्यकर्ता एमालेमा प्रवेश गरेको विवरण एमाले महासचिव पोखरेललाई बुझाईएको हो । कार्यक्रममा विवेकशील साझा ईतर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी एवं नेकपा विप्लवलगायतबाट करिब २ सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई एमाले महासचवि शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन् । शनबिार नै आयोजित प्रशक्षिण कार्यक्रममा सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर वश्विकर्मा, माओवादी केन्द्र वीरेन्द्रनगर ४ का वडा सचिव पुर्णप्रसाद पाण्डे, वीरबहादुर विश्वकर्मा, यामराज शर्मा, डिल्लीराम लम्साल लगायत एमालेमा प्रवेश गरेका छन् ।

जबजको संकल्पमा अघि बढ्छुः नेता दाहाल
विवेकशील साझा पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका गेहेन्द्रप्रसाद दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने बताए । उनले २०७४ को स्थानीय तहको नर्विाचनमा वीरेन्द्रनगर नगरपालकिाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनेपनि समाजवादको असली बाटो बोकेको पार्टी भनेकै एमाले भएको जिकिर गरे । उनले भने, ‘समाजवादको लक्ष्य बोकेको पार्टी एमालेमा प्रवेश गरेको छु । अब पूँजीवाद विरुद्ध योजनाबद्ध उभिनेछ ।’ उनले बलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन आफु सशक्त ढंगले अघि बढने बताए । ‘गरिबको चुलोमा आगो बलेको छ कि छैन भन्ने सोचेर अघि बढने विचार नै जबज हो । जबजको सही कार्यान्वयन गर्न सकेमात्रै नेपालका नौला तानाशाहलाई तह लगाउन सकिन्छ,’ उनले भने, ‘पद धेरै पाएको थिए । काम गर्ने जिम्मेवारी खोजेको थिएँ । आजको हैसियत तपाईहरुले निर्माण गर्नु भएको हो । भविष्यमा पनि हैसियत निर्माणमा यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ ।’ उनले कर्णालीको गरिवी, अभाव र पीडा अन्त्यका लागि आफु सधै लागि पर्ने बताए ।

Translate »