नेपालमा खरानीसमेत आयात हुन्छ भन्दा सभामुख अच्चमित !

साउन ९, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानी समेत आयात हुन्छ भन्ने सुन्दा अच्चमित भएको बताएका छन् ।  सोमवार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।  उनले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको जनाए ।


सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परेपनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए । उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको जनाए । सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको पनि बताए । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।

नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ । सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को गरेर गम्भीर रुपमा देखापरिरहेको उल्लेख गर्दै यसलार्य समाधान गर्ने दिशमा अघि बढ्न आवश्यक रहेको बताए । सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताए । उनले नेपालले अहिले हरित क्रन्तितिर नै ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको पनि बताए । आर्थिक अभियान

Translate »