पञ्चपुरीमा प्रमुख प्रशासकीय अधिकृतको कृते हस्ताक्षर गरी रकम भुक्तानी
स्काई न्यूज/साउन १०, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कृर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिएको पाईएको छ । नगरपालिकाको राष्ट्रिय वाणिज्य बैक बाबियाचौ्ररमा रहेको खातामा लेखा अधिकृत मोहनबहादुर बुढालगायतको टोलीले कृर्ते हस्ताक्षर गरी घरभाडा तथा खाजानास्ता वापतको रकम भुक्तानी गरेको आरोप लागेको छ ।
गत जेष्ठ १९ गते घरभाडा तथा खाजा नास्ता बापतको २ लाख ६२ हजार बराबरको बिल पेस भएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेका अनुसार नगरपालिकामा रकम भुक्तानीका लागि लेखा अधिकृतले विल भरपाई पेश गरेका थिए । ‘भुक्तानी दिन नमिल्ने भन्दै रोकेको विलभरपाइमा मेरो कृते हस्ताक्षर गरी रकम भक्तानी गरिएको पाईयो,’ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भने, ‘कृते हस्ताक्षर गर्ने विरुद्ध कानुनी प्रक्रियामा जानेछु ।’
हाल उक्त मुद्दा अख्तियार दुरुप्रयोग अनुसन्धान कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ । यता नगर प्रमुख लालवीर भण्डारीले अनुसन्धान भईरहेको विषयमा आफुले कुनै प्रतिक्रिया दिन नमिल्ने बताए ।