वीरेन्द्रनगरले २५ हजार बढी सदस्य बनाउने

स्काई न्यूज/ साउन १४, सुर्खेत । वीरेन्द्रनगर वचत तथा ऋण सकारी संस्थाले १ सय ५५ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको छ । संस्थाको शनिबार वीरेन्द्रनगरमा सम्पन्न कर्मचारी बैठकमा चालु आर्थिक वर्षको अन्त्यसम्म १ सय ५५ करोड कारोवारसहित २५ हजार ७० जना सदस्यता पु¥याउने रणनीति योजना बनाएको हो । आवधिक योजनाले निर्दिष्ट गरेका योजना तथा लक्ष्य हासिल गर्न रणनीति योजना बनाएर कार्यान्वयनमा ल्याउन लागिएको संस्थाले बताएको छ ।

कर्मचारी बैठकमा सहकारी विभागले जारी गरेका ३५ बुँदे निर्देशनको परिधिमा रहेर राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको परिपालना गर्ने निर्णय गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले बताए । उनले संस्था सञ्चालक समितिले तयार गरेको चालु आर्थिक वर्षको रणनीति योजना लक्ष्य प्राप्तिका लागि कर्मचारी बैठक आयोजना गरिएको जनाए । उनका अनुसार सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा हाल १९ हजार २ सय ५६ जना शेयर सदस्य रहेका छन् ।

संस्थासँग हाल १ सय १९ करोड ४४ लाख वासलात रहेको छ । १२ वटा सेवा केन्द्र रहेको संस्थामा हाल ८४ जना कर्मचारी कार्यरत रहेका छन् । शनिबार सांस्थाको तेस्रो आवधिक योजनाको दोस्रो वर्षको प्रथम चौमासिक चरणको प्रारम्भमा आयोजित कर्मचारी कर्मचारी बैठकलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष बमबहादुर विसीले संस्थाको मेरुदण्डका रुपमा रहेका कर्मचारीको सेवा सुविधामा कुनै कमी आउने नदिने बताए । उनले संस्थाको आवधिक योजनाले निर्दिष्ट गरेका लक्ष्यहरु पुरा गर्नका लागि कर्मचारीको मनोवल उच्च हुन आवश्यक रहेको औल्याए । लक्ष्य प्राप्तिका चाहिने आवश्यक स्रोतसाधनसँगै नीति, निर्णयका लागि सञ्चालक समिति कर्मचारीको साथ रहेको उनको भनाइ थियो ।

‘६ वटा सहकारी मर्ज गरेर वनेको वीरेन्द्रनगर सहकारीलले अहिले पनि जिल्लाभरी सहकारीहरुबीच सहकार्य अभियान चलाएको छ,’ उनले भने, ‘संस्था कर्मचारीहरुको क्षमता विकासमा संवेदनशील रहँदै अहस्तक्षेपकारी नीति अवलम्वन गरेर निक्षेपकर्तालाई समृद्ध बनाउने यात्रामा छौं ।’ उनले जिल्लामा युवा परिषद्द्वारा लगानी गरिएको सुलभ दरको ऋण लगानी अभियानलाई थप तीव्रतर बनाईने बताए ।

उनका अनुसार हाल संस्थाबाट युवा तथा साना व्यावसायी स्वरोजगार कोषको सहुलियत रकम समेत परिचालन गरिएको छ । कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष इन्द्रा हमाल, ऋण उपसमितिका संयोजक रमेशकुमार सापकोटा र सदस्य कमल नेपाललगायतले आवधिक योजनाको लक्ष्य प्राप्तिका लागि सहकार्य तथा समन्वय गर्दै सामूहिकरुपमा अगाडि बढ्ने धारणा राखें । कार्यक्रमको सहजीकरण कार्यालय व्यवस्थापक यामलाल खत्रीले गरेका थिए ।

 

Translate »