४० माइक्रोन मुनिका प्लाष्टिक प्रयोग गर्न नपाइने
भदौं १, काठमाडौं । सरकारले बुधबार (भदौ १ गते ) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णररुपमा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै बुधबारदेखि ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला प्रयोग गर्न नपाइने बताएको हो ।
विभागले वातावरणीय प्रदुषण न्यूनीकरण गर्नका लागि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णररुपमा प्रतिबन्ध लगाएको बताएको छ।
बुधबारबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले बताएको छ । नागरिक न्यूज