कर्णाली राजमार्ग : सडकले गाउँललाई छोएपछिकोे खुशी


स्काई न्यूज /भदौं ६, सुर्खेत । कर्णाली राजमार्ग बनेपछि बहुआयामिक फाइदा पुग्न थालेको छ । राजमार्गले छोएको सुर्खेत खण्डका नागरिकको जनजीवनमा सहजता मात्र ल्याएको छैन्, ग्रामिण अर्थतन्त्रलाई नै माथि उकास्न टेवा पु¥याएको छ । अहिले कर्णाली राजमार्गको हुड्केमा दर्जनौं महिलाहरुले स्थानीय उत्पादन विक्री वितरण गरी मनग्य आयआर्जन गरिरहेका छन् । सडकलाई विकासको इन्जिन भन्ने गरिन्छ । किनभने सडकले विकासका अरु डिब्बाहरुलाई तान्ने काम गर्दछ । कर्णाली राजमार्गले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन ढुवानीमा सहज मात्र बनाएको छैन्, नागरिकलाई बहुआयामिक फाइदा पु¥याउन थालेको छ । अहिले राजमार्गले छोएको सुर्खेत खण्डको हुड्केका महिलाहरु सडक किनारमा स्थानीय उत्पादन विक्री वितरण गरी आत्मनिर्भर बनेका छन् ।
सवारी साधनसँगै मानिसको आवत जावत बढेपछि तरकारी, फलफूल, मकैलगायत स्थानीय उत्पादन बेचेर मनग्य आम्दानी लिनुका साथै आर्थिक रुपमै सवल बनाएको स्थानीय पवित्रा महतराले बताईन् । उनले कर्णाली राजमार्गले गाउँलाई छोएपछि घरमै उत्पादन भएका तरकारी तथा फलफूल विक्री वितरण गरि आत्मनिर्भर बन्नेको बताईन् । उनका अनुसार घरखर्च गरेर बचेतको रकम विभिन्न क्षेत्रमा लगानी गरिईएको छ । हुड्केका पवित्रा महतरा मात्र होइन, दजनौं महिलाले स्थानीय उत्पादन विक्री वितरण गरि प्राप्त आयले वचतसँगै गाउँघरमा आवश्यक हुने समाज सेवामा योगदान दिँदै आईरहेका छन् । घरायसी काम सकेर फुर्सदमा घरकै उत्पादन तरकारी, फलफूल र पोलेको मकै बेचेर आत्मनिर्भर बनेपछि पैसाका लागि श्रीमान्को भरपर्नु पर्ने बाध्यता हटेको स्थानीय लक्ष्मी गौतम बताउँछिन् । उनले गाउँमा सडक पुगेपछि स्थानीय उत्पादनले मुल्य पाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई उकास्न ठूलो मद्दत पुगेको जनाईन् । उनका अनुसार अहिले स्थानीय उत्पादन विक्री वितरण गरेर करिब दुई दर्जन युवायुवतीलाई गार्उँले सरकारी सेवाको पठाएका छन् ।


सहरमा पाईने अधिकांस आयातित वस्तुमा विसादी मिसाईएको पाईने हुँदा स्थानीय अर्गानिक तरकारी तथा फलफूल सस्तोमा खरिद गर्र्न हुड्के आउने गरेको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरका समाजसेवी बखतबहादुर रखालले बताए । उनले शहरमा तरकारी तथा फलफूल खरिद गर्नु भन्दा गाउँघरमा खरिद गर्दा ग्रामीण अर्थतन्त्रलाई टेवापुग्नुका साथै गुणस्तरीय पाउने हुँदा स्थानीय उत्पादनको खपत बढाउन सुझाव दिए । बजारु खानेकुरा भन्दा गुणस्तरीय अर्गानिक ताजा तरकारी, फलफूलसँगै पोलेको मकैलगायत विशुद्ध स्थानीय उत्पादन पाईने भएकाले आफु कार्यालयदेखि सदरमुकाम ओहर ओहर गर्दा हुड्केमा नै खाजा नास्ता खाने गरेको डिभिजन वन भेरीका कर्मचारी तिलकराम अधिकारी बताए । उनले शहरमा पाईने अधिकांस खाजा महँगो र गुणस्तरहिन हुने हुँदा गाउँबाटै तरकारी तथा फलफूल खरिद गर्न सुझाव दिए । सडकको पहुँचले गरिबी निवारणदेखि पर्यटन प्रवद्र्धन हुँदै नागरिकको जीवनशैलीमै आमूल परिवर्तन ल्याएको छ ।

कर्णाली राजमार्गले भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई जनजीवनसँग जोड्दै यातायात प्रणालीको दिगो विकासमा टेवा पु¥याएको देखिन्छ । राजमार्गले छोएको सुर्खेत खण्डका नागरिकको जनजीवन सहज मात्र बनाएको छैन्, अहिले ग्रामिण अर्थतन्त्रलाई समेत माथि उकास्न टेवा पुगेको देखिन्छ । जनताको जीवनशैलीमा परिवर्तन देखिए मात्र देशको विकास भएको देखिन्छ भन्ने विकासविद्हरुको भनाइ विश्लेषण गर्ने हो भने त्यो सडकबाटै सुरु भएको देखिन्छ । सडक निर्माणमा अनेक समस्या देखिए पनि यसका बाबजुद बनेका सडक सञ्जालले अन्ततः विकास नै भइरहेको छ ।


