राजमार्गले ल्याएको खुशी

कर्णाली राजमार्ग बनेपछि बहुआयामिक फाइदा पुग्न थालेको छ । राजमार्गले छोएको सुर्खेत खण्डका नागरिकको जनजीवनमा सहजता मात्र ल्याएको छैन्, ग्रामिण अर्थतन्त्रलाई नै माथि उकास्न टेवा पु¥याएको छ । अहिले कर्णाली राजमार्गको हुड्केमा दर्जनौं महिलाहरुले स्थानीय उत्पादन विक्री वितरणअ गरी मनग्य आयआर्जन गरिरहेका छन् । सडकलाई विकासको इन्जिन भन्ने गरिन्छ । किनभने सडकले विकासका अरु डिब्बाहरुलाई तान्ने काम गर्दछ । कर्णाली राजमार्गले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन ढुवानीमा सहज मात्र बनाएको छैन्, नागरिकलाई बहुआयामिक फाइदा पु¥याउन थालेको छ । अहिले राजमार्गले छोएको सुर्खेत खण्डको हुड्केका महिलाहरु सडक किनारमा स्थानीय उत्पादन विक्री वितरण गरी आत्मनिर्भर बनेका छन् । सवारी साधनसँगै मानिसको आवत जावत बढेपछि तरकारी, फलफूल, मकैलगायत स्थानीय उत्पादन बेचेर मनग्य आम्दानी लिनुका साथै आर्थिक रुपमै सवल बनाएको देखिन्छ । कर्णाली राजमार्गले गाउँलाई छोएपछि घरमै उत्पादन भएका तरकारी तथा फलफूल विक्री वितरण गरि महिलाहरु आत्मनिर्भर बनेका हुन् ।
दजनौं महिलाले स्थानीय उत्पादन विक्री वितरण गरि प्राप्त आयले वचतसँगै गाउँघरमा आवश्यक हुने समाज सेवामा योगदान दिँदै आईरहेका छन् । घरायसी काम सकेर फुर्सदमा घरकै उत्पादन तरकारी, फलफूल र पोलेको मकै बेचेर आत्मनिर्भर बनेपछि पैसाका लागि भरपर्नुपर्ने बाध्यता समेत हटेको पाईन्छ । सहरमा पाईने अधिकांस आयातित वस्तुमा विसादी मिसाईएको पाईने हुँदा स्थानीय अर्गानिक तरकारी तथा फलफूल सस्तोमा खरिद गर्र्न हुड्केमा सचेत उपभोक्ताको बाक्लो उपस्थिति बढ्दै गएको देखिन्छ । सहरमा तरकारी तथा फलफूल खरिद गर्नु भन्दा गाउँघरमा खरिद गर्दा ग्रामीण अर्थतन्त्रलाई टेवापुग्नुका साथै गुणस्तरीय पाउने हुँदा स्थानीय उत्पादनको खपत बढाउन उपयुक्त हो । बजारु खानेकुरा भन्दा गुणस्तरीय अर्गानिक ताजा तरकारी, फलफूलसँगै पोलेको मकैलगायत विशुद्ध स्थानीय उत्पादनले स्वास्थ्यमा समेत फाइदा नै पुग्छ ।

शहरमा पाईने अधिकांस खाजा महँगो र गुणस्तरहिन हुने हुँदा गाउँबाटै तरकारी तथा फलफूल खरिद गर्न ठिक हुन्छ । सडकको पहुँचले गरिबी निवारणदेखि पर्यटन प्रवद्र्धन हुँदै नागरिकको जीवनशैलीमै आमूल परिवर्तन ल्याएको छ । कर्णाली राजमार्गले भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई जनजीवनसँग जोड्दै यातायात प्रणालीको दिगो विकासमा टेवा पु¥याएको देखिन्छ । राजमार्गले छोएको सुर्खेत खण्डका नागरिकको जनजीवन सहज मात्र बनाएको छ । जनताको जीवनशैलीमा परिवर्तन देखिए मात्र देशको विकास भएको देखिन्छ भन्ने विकासविद्हरुको भनाइ विश्लेषण गर्ने हो भने त्यो सडकबाटै सुरु भएको देखिन्छ । सडक निर्माणमा अनेक समस्या देखिए पनि यसका बाबजुद बनेका सडक सञ्जालले अन्ततः विकास नै हुने हो । भौगोलिक र आर्थिक क्षेत्रहरुलाई जनजीवनसँग जोड्दै राष्ट्रिय यातायात प्रणालीको गुणस्तरीय विकास गर्नु आजको आवश्यकता हो ।
अहिले कर्णाली राजमार्गका कारण ग्रामीण सुर्खेतका धेरै बस्तीहरुको मुहार फेरिन थालेको छ । सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको सिमानासम्म फैलिएको राजमार्गले ग्रामीण बस्तीका नागरिकको दैनिकी नै परिवर्तन हुँदै गएको पाइन्छ । सामान्य ग्रामीण बस्ती रहेका ती ठाउँ सडककै कारण रातारात बजार क्षेत्रमा विकसित भएका छन् । सडकका कारण व्यापार–व्यवसाय बढेपछि स्थानीयको आर्थिक जीवनमा परिवर्तन आएको हो । गाउँमै सडक पुगेपछि स्थानीयलाई अहिले अत्यावश्यक सामानको लागि सदरमुकाम वीरेन्द्रनगरसहितका सुबिधायुक्त बजार पुग्नु पर्ने बाध्यता पनि हटेको छ । सडक बनेपछि तरकारी सहितका स्थानीय उत्पादन सहज रुपमा बजार पुग्न थालेको छन । सुविधाको खोजीमा अन्यत्र बसाइँ सर्ने तयारीमा रहेका कतिपय स्थानीय अहिले पुरानै थातथलोको बसाइँलाई व्यवस्थित गर्नतिर लागेका छन् । राजमार्गले ग्रामीण क्षेत्रमा समेत समृद्धिको ढोका खोलेको छ ।