२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

दसैंका लागि नयाँ नोट सटही सुरु



भदौं ३०, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ। यस वर्षको दसैं, तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले १० अर्ब नयाँ नोट सटही गर्ने अनुमान गरेको छ।

वाणिज्य बैंकका शाखाहरुबाट ग्राहकलाई नयाँ नोट उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले भदौ २२ गतेदेखि नयाँ नोट सटही सुविधा दिएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले बुधबारसम्म पौने ४ अर्ब रुपैयाँ नयाँ नोट सटही गरिसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।

 

उनका अनुसार अब सरकारी स्वामित्वका बैंकहरुले बिहीबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही गर्नेछ । निजी बैंकले भने असोज २ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधान दिनेछन् ।

काठमाडौं उपत्यका बाहिरको हकमा केन्द्रीय बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने छ । जिल्लाहरुका बैंकहरुमा पनि करिब ५० करोड रुपैयाँ नयाँ नोट दिइएको छ। त्यस्तै काठमाडौं उपत्यका बाहिरका निजी बैंकहरुले पनि असोज २ गतेबाट नयाँ नोट साट्न पाउने छन् ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक-एक पाकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५ सयका नयाँ तथा सफा नोट सटही गर्न पाउनेछन् । यसपटक नोट पर्याप्तता भएकाले सो सीमाभन्दा बढी पनि सटही गर्न सकिने कार्यकारी निर्देशक नेपालले बताए ।

उनका अनुसार मंगलबार भिडभाड कम भएकाले सीमाभन्दा बढी पनि लैजान दिइएको हो। ‘सटहीको खास सीमा साढे १८ हजार हो । तर कहिलेकाहीँ नोटको उपलब्धता र भिडभाडको अवस्था हेरेर थपघट गर्नलाई बाधा छैन,’ उनले भने ।

सर्वसाधारणले असोज ७ गतेसम्म राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नयाँ नोट सटही गर्न पाउनेछन् । अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७९ भदौ ३० गते बिहीबार
Translate »