खाद्यको चामलले मूल्य नियन्त्रण : सस्तो पसलमा उपभोक्ताको भिड

स्काई न्यूज /असोज १३, सुर्खेत । नेपालीहरुको महान् चाड दसैं, तिहार र छठलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा खोलेको सुपथ मूल्य पसलमा थामि नसक्नु भिड बढिरहेको छ । दशैंलाई लक्षित गरी कम्पनीले कर्णालीको सुर्खेतसहित दशै जिल्लामा सुपथ मूल्य पसल मार्फत बजारको भन्दा बोरामा ७ सय रुपैयाँ सस्तो खाद्यान्न उपलब्ध गराएपछि आम नागरिकको भिड बढेको हो । दिनप्रतिदिन बढ्दो महँगीले आम नागरिकको ढाड सेकिरहेका बेला चाडपर्व लक्षित सहुलियत मूल्यको खाद्यान्न उपलब्ध गराईएपछि आम नागरिकको भिड बढिरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विगतका वर्षहरुमा जस्तै नेपालीहरूको महान् चाड दशैंलाई लक्षित गरी सुर्खेतसहित प्रदेशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा उपलब्ध हुने खाद्य वस्तुमा बाहिर बजारमा भन्दा कम मूल्यमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
सुपथ मूल्य पसलहरुबाट बाहिरभन्दा कम मूल्यमा गुणस्तरीय सामान बिक्री भइरहेकाले पनि कसैले भ्रम सिर्जना गर्नका लागि मिति गुज्रिन लागेका सामानहरु बिक्री गरेको भन्ने कुरा बजारमा आएपनि त्यसको पछि नलागी निर्धक्क सामान प्रयोग गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले आग्रह गरे । उनले तिहार र छठलाई समेत मध्यनजर गरी सहुलियत मूल्य पसल कार्तिक १५ गतेसम्म सञ्चालनमा रहने जनाए ।
उनका अनुसार सहुलियत मूल्य पसल सञ्चालन यता १३ सय क्विन्टल विभिन्न भ्याराईटीका चामल विक्री भएका छन् । ती मध्ये सबै भन्दा बढी स्टिम जिरी चामल सबै भन्दा बढी विक्री भएको छ । त्यसपछि अरुवा मोटा चामल दोस्रो नम्वरमा रहेको छ भने तेस्रो नम्वरमा सोना मन्सुली रहेको पाईएको छ । जवकी सबै भन्दा महँगो बासमति चामलको माग चौथो नम्वरमा रहेका कम्पनीले जनाएको छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बजारभन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ । सरकारी स्वामित्वको कम्पनीले विक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनुका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ थप बढेको हो । कम्पनीको वीरेन्द्रनगर–६ स्थित प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित छ ।

वीरेन्द्रनगर–१२ की हीरा परियार चामल लिन दोस्रो पटक सुपथ मूल्य पसल पुगिन् । ‘पहिला एक बोरामात्र लिएर गएँ, खाँदा स्वाद ठिकै लागेपछि फेरी चामल किन्न आएकी हुँ,’ उनले भनिन्, ‘स्वादिष्ट र सस्तो भएपछि किन बजारको महँगो किन्नु, दुई–चार महिना पुग्ने चामल आजै लैजाने सोच बनाएकी छु ।’ उपभोक्ताको भीड बढेपछि कम्पनीले बिल काट्ने निश्चित समय निर्धारण गरेको छ । एकपटक एक ग्राहकलाई बढीमा एक क्विन्टल चामल वितरण गरिएको छ ।
‘यहाँ बजारमा जस्तो मूल्य र नापतौलमा ग्राहक ठगिने अवस्था हुँदैन, दैनिक औसत २०० क्विन्टल चामल बिक्री भइरहेको छ,’ कम्पनीका कर्णाली प्रादेशिक प्रमुख मिश्रले भने, ‘ग्राहकको भीड बढेका कारण हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ ।’ न्यून आय भएका सर्वसाधारण बढी आएको र उनीहरूले निकै राहत महसुस गरेको उनले बताए । पसलमा अरुवा मोटो चामल, सोना मनसुली चामल, स्टिम जिरा मसिनो चामल, बास्मती चामल विक्रीका लागि राखिएको छ ।
यता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले शहरमा मात्र केन्द्रित रहेको सहुलियत मूल्य पसललाई विकेन्द्रीकरण गरे सुदूर गाउँसम्म पु¥याउने व्यवस्था गर्न सरकारसँग माग राखिन् । उनले चाडपर्व शहरीयाका लागि मात्र होइन, ग्रामीण आम जनताका अझै बढी महत्व रहेकाल सहुलियत मूल्य पसल गाउँसम्म पु¥याउन माग राखिन् ।
उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै साल्ट टे«डिङ्ग कर्पोरेशनले चामल र नून मात्र होइन, अन्य वस्तुको विविधिकरणमा ध्यान दिन सुझाव दिईन् । उता साल्ट टे«डिङ्ग कर्पोरेशनले सञ्चालन गरको सुपथ मूल्य पसलमा ग्राहकको अभाव देखिएको छ । किनभने यसवर्ष साल्टले बढी माग हुने यस वर्ष चिनी विक्री नगर्दा नूनका लागि मात्र उपभोक्ताको रोजाईमा पर्न सकेको छैन् । साल्टको सुपथ मूल्य पसलमा न्यून ग्राहक आउने गरेका छन् ।