उत्तरदक्षिण जोड्ने कर्णाली करिडोर : ट्¥याक खन्ने काम अझै सकिएन

स्काई न्यूज असोज ३१, सुर्खेत । कर्णाली क्षेत्रकै विकासको मेरुदण्डका रूपमा हेरिएको कर्णाली करिडोर निर्माण कार्य अघि नबढ्दा नागरिकमा चिन्ता बढ्न थालेको छ । चीन सरकारको समेत चासो रहेको कर्णाली करिडोरलाई कर्णाली सरकारले पहिलो प्रथामिकतामा राख्दा समेत निर्माण कार्य अघि नबढ्दा नागरिकमा चिन्ता देखिएको हो । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तरदक्षिण लोकमार्ग अन्तर्गतका कर्णाली कोरिडोरको ट्¥याक खन्ने कामले गति लिन सकेको छैन ।

एक दशक अघिदेखि कर्णाली कोरिडोरमा ट्¥याक निर्माण गर्ने काम सुरु गरिए तापनि अहिलेसम्म ट्¥याक खन्ने कामको गति निकै सुस्त देखिन्छ । सरकारले उत्तर–दक्षिण (कर्णाली कोरिडोर) लोकमार्ग अन्तर्गत खुलालु (सिमिकोट)–हुम्ला खण्डमा करिब १९६ किलोमिटर र हिल्सा–सिमिकोट खण्डमा (हुम्ला) ८८ किलोमिटर ट्¥याक सडक निर्माण गर्ने लक्ष्य राखेको थियो ।

यो आयोजना आर्थिक वर्ष २०६९/७० देखि सुरू भई आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुने लक्ष्य राखिएको छ । तर तोकिएको समयभित्रै यो खण्डको ट्¥याक निर्माण हुने देखिँदैन । कर्णाली करिडोर अन्तर्गत ६ किलोमिटर ट्¥याक खन्ने काम अझै बाँकी छ । सरकारले यो कोरिडोर अन्तर्गत २ सय ६९ किलोमिटर ट्रयाक खन्ने लक्ष्य राखेको थियो तर अहिलेसम्म २ सय ६३ किलोमिटर सडक खण्डको ट्¥याक खुलेको छ ।

भौगोलिक जटिलताको कारणले पनि सोचेअनुरूप ट्¥याक खन्ने कार्यले गति लिन सकेको छैन । उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय आयोजना निर्देशक श्यामबहादुर खड्काले भौगोलिक विकटता र हिउँपर्ने मौसमको कारणले पनि ट्¥याक खन्ने काम सोचेअनुसार प्रगति हुन नसकेको बताए ।
‘पहाडी भीरपहिरोमा ट्¥याक खन्ने काम निकै जटिल प्रकृतिको हुने गर्छ,’ उनले भने, ‘अर्काेतर्फ हिउँद याममा हिउँ पग्लिएर पनि ट्¥याक खन्ने काममा समस्या उब्जिने काम गर्छ ।’ आयोजनाका निर्देशक खड्काले ट्¥याक खन्ने कामलाई प्रथामिकतामा राखेर अघि बढाउने दाबी गरे । सरकारले कर्णाली करिडोर अन्तर्गतको हिल्सा–सिमिकोट खण्डको ट्¥याक निर्माण गर्ने ठेक्का नेपाली सेनालाई दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म कर्णाली कोरिडोरको समष्टिगत भौतिक प्रगति ३१.२० प्रतिशत रहेको छ । यो कोरिडोरमा हालसम्म एक अर्ब २९ करोड अर्थात् ३१.४६ प्रतिशत वित्तीय खर्च भएको छ । २ सय ६९ किलोमिटरमध्ये अहिलेसम्म २ सय ६३ किलोमिटर सडक खण्डको ट्¥याक खुलिसकेको छ । खुलालु–सल्लिसल्ला १ सय २३ किलोमिटर नेपाली सेनाले खनेको हो । कर्णाली कोरिडोर आयोजनाले गत आवमा १० किलोमिटर ट्¥याक खन्ने र २ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो । सो अवधिमा ६ किलोमिटर ट्¥याक खन्ने काम र एउटा पुल निर्माणको काम सकिएको छ ।

कर्णाली करिडोर आयोजनाको लागि गत वर्षमा ३९ करोड ३८ लाख ४२ हजार रूपैयाँ बजेट विनियोजन गरिएकोमा सो अवधिमा १६ करोड ५२ लाख रूपैयाँ बजेट खर्च भएको थियो । ठेक्का सम्झौतामा यो आयोजना आर्थिक वर्ष २०६५/६६ मा सुरू भई आर्थिक वर्ष २०७०/७१ मा सम्पन्न हुने लक्ष्य राखिएकोमा अहिले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुने गरी म्याद थप गरिएको छ । तैपनि आयोजनाको प्रगति उत्साहजनक देखिएको छैन ।

Translate »