जुम्लाका आठ उद्यमी सम्मानित

जुम्ला । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले जुम्लाका ८ जना उद्यमीलाई सम्मान गरेको छ । आठौं उद्योग दिवसको अवसरमा उद्यमीलाई सम्मान गरिएको हो ।
जसमा उत्कृष्ट उद्यमीको रुपमा चन्दननाथ नगरपालिका–५ का हिमालय गारमेन्ड उद्योगका सञ्चालक अम्बिका श्रेष्ठ र तातोपानी ५ की सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका सञ्चालक नारायणी चौलागाईलाई सम्मानित भएका हुन् ।

चन्दननाथ– ७ का एपी डिस्टिलरी प्रालिका प्रेमबहादुर महत, चन्दननाथ ६ कै आरके स्याउ प्रशोधन तथा फलफूल डिस्टिलरी उद्योगका रामकृष्ण चौलागाई, नगरपालिका २ का नवीन च्याउ उद्योगका लक्ष्मी बुढ्थापा, गुठीचौर ३ का सुर एण्ड सुप्पुना अर्ग्यानिक होटेलका सञ्चालक चित्रबहादुर बुढा, गुठीचौर–४ का कमल भैँसी पालन उद्योगका धर्मदत्त न्यौपाने र चन्दननाथ १० कै हस्तना डेरी उद्योगका हस्तना न्यौपाने सम्मानित भएका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लामा हालसम्म ३ हजार ६ सय ६० वटा उद्योग दर्ता भएका छन् । जसमध्ये ६० प्रतिशत उत्पादनमुखी छन् भने ४० प्रतिशत वाणिज्यतर्फ छन् । न्यूनतम १० लाखदेखि अधिकतम ५० लाख सम्मको पूँजी लगानी गरेर दर्ता भएका सबै उद्योग अनुदानमुखी मात्रै देखिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

उनले चालू आर्थिक वर्ष २०७९÷८० मा २ सय ४० उद्योग दर्ता भएका छन् । जसमध्ये १० उद्योग साझेदारी दर्ता हुन् । १ सय २७ उद्योग महिलाको नाममा दर्ता छन् । १० उद्योग दलित महिलाको, १ उद्योग दलित पुरुषका नाममा छन् भने १ उद्योग जनजाति महिलाको नाममा दर्ता छन् । ९५ वटा उद्योग पुरुषका नाममा दर्ता भएको देखिन्छन् । रेडियो नेपाल अनलाईन

Translate »