दक्षिण अफ्रिकाको सुन्तला खान्छन् नेपाली, ६ महीनामा ५ करोडभन्दा बढीको आयात

काठमाडौं । गत आर्थिक वर्ष (आव)को तुलनामा यो आवमा सुन्तला आयात बढेको छ । नेपालले चालू आर्थिक वर्षको ६ महीनामा ५७ करोडभन्दा बढीको सुन्तला आयात गरेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको साउनदेखि पुससम्ममा नेपालले ५७ करोड ३५ लाख ८९ हजार रुपैयाँको सुन्तला आयात गरेको छ । उक्त मूल्यको ८३ लाख १७ हजार ६२९ किलोग्राम सुन्तला आयात गरेको भन्सारले जनाएको छ ।


गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा सुन्तला आयात मूल्यमा ६४ प्रतिशतले र परिमाणमा ४१ प्रतिशतले बढेको छ । गत वर्षको उक्त अवधिमा नेपालले  ३४ करोडको ८४ लाख ६६ हजार रुपैयाँको ५८ लाख ७६ हजार ८६० किलोग्राम सुन्तला आयात गरेको थियो । नेपालले चीन, भारत र दक्षिण अफ्रिकाबाट सुन्तला आयात गरेको छ ।

यो ६ महीनाको सबैभन्दा धेरै भारतबाट सुन्तला आयात गरेको छ । भारतबाट मात्रै ५१ करोड ४७ लाख २९ हजार रुपैयाँको ७९ लाख २ हजार ९९१ किलोग्राम सुन्तला आयात गरेको छ । यस्तै चीनबाट ५८ लाख २१ हजार रुपैयाँको ४९ हजार ९९० किलोग्राम सुन्तला आयात गरेको छ । यसैगरी, दक्षिण अफ्रिकाबाट ५ करोड ३० लाख ३९ हजार रुपैयाँको ३ लाख ६४ हजार ६४८ किलोग्राम सुन्तला आयात गरेको छ । आर्थिक अभियान

Translate »