कैलालीका दूध किसानले पनि सडकमै पोखे दूध


कैलालीको अत्तरियामा दूधको भुक्तानी नपाएको भन्दै बिहीवार सडकमा दूध पोखेर विरोध गर्दै स्थानीय किसान । दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले किसानको रु चार करोड ६४ लाख दुई हजार ४७३ भुक्तानी दिन बाँकी रहेको जनाएको छ । दूधको भुक्तानी नपाएको र खरीद मूल्य नतोकिएको भन्दै देशभरका किसान आन्दोलनमा छन् । गत मंगलवार ललितपुरका किसानले पनि सडकमा दूध पोखेर विरोध जनाएका थिए । तस्वीर : रासस