दोश्रो एमयू फेस्टिवल शुक्रबार हुँदै

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मुसुम) एल्मुनाईको आयोजनामा दोश्रो एमयू फेस्टिवल हुने भएको छ । शुक्रबार हुने फेस्टिवलमा चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिनेछन् ।

कार्यक्रममा विश्वविद्यालयका सात वटा ग्राजुयट स्कुल र मुसोमसहित आठ वटा स्टलहरू रहनेछन । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय ः शैक्षिक गुणस्तर सुधार र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ ।


‘विश्वविद्यालयको प्रवर्द्वन, विश्वविद्यालयमा अध्ययनरत र पूर्व विद्यार्थीहरूबीचको सौहार्द्वपूर्ण सम्बन्ध स्थापित गर्नका लागि मुसुम फेस्टिवलको आयोजना गर्न लागिएको हो,’ कार्यक्रम संयोजक सचिन तिमिल्सिनाले भने ।

उनले स्थानीय कला संस्कृतिको विकास गर्नुका साथै विद्यार्थीहरूको नेतृत्वकलाको विकास गर्ने उद्देश्य राखिएको व्यवस्थापक रेडपाण्डा ग्रुप अफ कम्पनीजका अध्यक्ष सन्जय योगीले जानकारी दिए ।

फेस्टिवलमा फोटो प्रदर्शनी, नृत्य प्रतियोगिता, अदालती अभ्यास, खाना परिकारलगायतका स्टलहरू पनि रहनेछन् ।

Translate »