२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 10, 2026

अखिल नेपाल महिला संघ सुर्खेतको तीज विशेष कार्यक्रम, नेतासँगै नाचे कार्यकर्ता



सुर्खेत । हिन्दु महिलाहरुको महान चार्ड हरितालीका तीज नजिकिएसँगै विभिन्न संघ सस्थाका महिलाहरु भेला भएर सामूहिक रुपमा नाचगानका साथै दर खाने कार्यक्रमहरु आयोजना गर्ने चलन सुरु भएको छ।

पछिल्लो केही समय यता संघ संस्था र राजनैतीक दल निकट संगठनहरुले पनि तीज विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गर्ने गरेका छन । यस्तै अखिल नेपाल महिला संघ सुर्खेतले पनि तीज विषेश कार्यक्रमको आयोजना गरेको छ । अनेमसंले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

महिलाहरुमा समूहगत भेला मार्फत सामुहिक भावनाको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । उनीहरुले विभिन्न धुनमा गित तथा नृत्य सहितको प्रस्तुतिद्धारा मनोरञ्जन गराएका थिए । महिलाहरुको नेतृत्व विकासका निमित्त यस प्रकारका कार्यक्रमको विशेष महत्व रहेको बताईएको छ ।

कार्यक्रममा नेता कार्यकर्ताहरु नाचगान गरी रमाए । कार्यक्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महिलाहरुको महान चार्ड तीज पर्वले महिला शसक्तिकरणको सन्देश दिनुपर्ने औल्याए । उनले तीजालाई भड्कीलो नबनाई कला, सस्कृति जोगाउँने अवसरको रुपमा मनाउन जोड दिए ।

२००८ सालमा स्थापना भएको अखिल नेपाल महिला संघ (अनेमसं) यो प्रगतिशील, प्रजातन्त्रप्रेमी, देशभक्त नेपाली महिलाहरूको स्वतन्त्र संगठन हो । यो मजदुर, किसान, गृहिणी, विभिन्न पेशामा संलग्न महिला, युवा, विद्यार्थीहरूको नेतृत्वदायी प्रतिनिधित्व रहेको संगठन बताईएको छ । यो देशभरिबाट १० लाख भन्दा बढि सदस्यता रहेको नेपाली महिलाहरूको सबैभन्दा ठूलो संगठन भएको अनेमसंको दावी छ । यसको सञ्जाल देशका ७७ जिल्लाको स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म फैलिएको छ ।

 

 

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार
Translate »