नेपाली गीत संगीतको श्रीबृद्धिमा रेडियो नेपाल सधै अग्रपङिक्तमा उभिन्छ : कार्यकारी निर्देशक लामा

काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपालका) कार्यकारी निर्देशक अमरध्वज लामाले नेपाली गीत संगीतको श्रीबृद्धिमा रेडियो नेपाल सधै अग्रपङिक्तमा उभिने बताएका छन् ।

रेडियो नेपालले तिहार,नेपाल संवत् र छठपर्वका अवसरमा आज सिंहदरबारमा आयोजना गरेको पर्व विशेष धुनहरुको प्रस्तुतीमा कार्यकारी निर्देशक लामाले आगामी दिनमा नेपाली समुदायमा प्रचलित सबै पर्वका धुन निर्माण गरि सबै समुदायको अपनत्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने बताएका हुन् ।

उनले प्रसारण पहुँच अभिबृद्धि गरी आम श्रोतागणको रुचि र चाहानाको आधारमा रेडियो नेपालका पुराना गीत सङ्गीतलाई डिजिटल प्लेटफर्ममा समेत राखिने जनाए । ‘समूहकार्यले संस्थाको कार्यसम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, ‘सरकारको सय दिनको उपलब्धीमा रेडियो नेपालले हांसिल गरेको सफलता समूहकार्यको परिणाम हो ।’

उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको समावेशी चरित्र स्थापित गर्दै सबै जातजाती, भाषा–भाषी र समुदायको प्रतिधित्व सुनिश्चित हुनेगरी रेडियो नेपालले विभिन्न २५ वटा भाषामा समाचार प्रसारण गरिरहेको जानकारी दिए । मौलिक धुनका सर्जहरुप्रति सम्मान व्यक्त गर्दै कार्यकारी निर्देशक लामाले पर्वविशेष संगीत धुनहरुको प्रस्तुतीका लागि सम्वद्ध सबैमा आभार प्रकट गरे ।

कार्यक्रममा नायव कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले आगामी दिनमा पनि विभिन्न पर्वका अवसरमा रेडियो नेपालले सांगीतिक प्रस्तुती राख्ने बताए । पर्व विशेष संगीत धुनहरुको प्रस्तुतीमा मंगल धुन, देउसी धुन,नेपाल संवत् धुन, छठ धुन र भैलो धुन राखिएको थियो । पर्व विशेष धुनहरुको प्रस्तुतीमा मनराजा नकर्मी ,बद्रि विशाल तण्डुकार, डा. निरञ्जन भण्डारी, न्हुछे मर्हजन, सुनिल बर्देवा, नवराज गुरुङ, दिपक सुनाम ,हरिशंकर चौधरी,खड्ग गर्बुजा,खड्ग गन्दर्भ र रुबिन गन्दर्भको सहभागिता रहेको थियो ।

यस्तै कोरसमा निर्मला घिसिङ,सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का, सितु मानन्धरको प्रस्तुती थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो नेपालको अनलाईन पोर्टल https://radionepalonline.com/, radionepal facebook page / radionepal youtube channel  मार्फत गरिएको थियो ।

मंगल धुनको प्रस्तुतीमा बाँसुरी–निरञ्जन भण्डारी, किबोर्ड–न्हुछे मर्हजन, खीं÷मादलमासुनिल बर्देवा,गीतारमा नवराज गुरुङ, बेस गीतार –दिपक सुनाम , हार्मोनियममा हरिशंकर चौधरी र इफेक्टस् खड्ग गर्बुजाको रहेको थियो । त्यस्तै देउसी धुनमा सारङ्गीमा रुबिन गन्दर्भ, वाद्यवादनमा भण्डारी, मर्हजन, बर्देवा,गुरुङ,सुनाम र हरिशंकर चौधरीको प्रस्तुती रहेको थियो ।

त्यस्तै नेपाल संवत् धुन तर्फ, हार्मोनियममा मनराजा नकर्मी , कोरसमा निर्मला घिसिङ,सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का, सितु मानन्धरको प्रस्तुती थियो भने धिमेबाजामा बद्रि विशाल तण्डुकार,सारङ्गीमा खड्ग गन्दर्भ सहितको प्रस्तुती थियो । छठ धुन तर्फ हरिशंकर चौधरी हार्मोनियममा, किबोर्ड–न्हुछे मर्हजन, तबल सुनिल बर्देवा,गीतारमा नवराज गुरुङ, बेस गीतार –दिपक सुनाम , हार्मोनियममा हरिशंकर चौधरी र इफेक्टस् खड्ग गर्बुजाको प्रस्तुती रहेको थियो । ।

भैलो धुनको प्रस्तुतीमा पनि सारङ्गी खड्ग गन्धर्व, बाँसुरीमा निरञ्जन भण्डारी, किबोर्ड–न्हुछे मर्हजन, मादलमा , सुनिल बर्देवा,गीतारमा नवराज गुरुङ, बेस गीतार –दिपक सुनाम, हार्मोनियममा हरिशंकर चौधरी र इफेक्टस् खड्ग गर्बुजाको रहेको थियो । आज प्रस्तुत गरिएका धुनहरु रेडियो नेपालको युट्युब च्यानलमा गएर हेर्न र सुन्न सकिने छ ।

Translate »