जनसांस्कृतिक महासङ्घ कर्णालीको अध्यक्षमा बालकृष्ण सुनार

सुर्खेत । जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको अध्यक्षमा बालकृष्ण सुनार निर्वाचित भएका छन् ।

आईतबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनले सुनारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा गणेश आरसी (जाजरकोट), उपाध्यक्ष यशोदा देवकोटा (कालिकोट), सचिव यकराज थापा (सल्यान), सह–सचिव अकबर खान (सुर्खेत), कोषाध्यक्ष देबिका सिंह (जाजरकोट), सह–कोषाध्यक्ष चन्द्रबहादुर थापा (डोल्पा) तथा सदस्यहरुमा मिलन सुवेदी, शिला केसी, गणेश घर्ती मगर ,प्रकाश खत्री दिलसा बोहरा र अन्जना बिसीलाई निर्वाचित गरेको छ ।

नवनिर्वाचित पदाधिकारीलाई जन सांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी, नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह, प्रदेश कमिटीका सदस्य खड्ककुमार भट्टराई, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हेमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सुर्खेतक उप–सचिव सुशीला विश्वकर्माले हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

संस्कृतिकर्मी एकराज थापाको अध्यक्षतामा भएको अधिवेशनमा स्वागत मन्तव्य गणेश आरसी र कार्यक्रमको सञ्चालन चन्द्रबहादुर बुढाले गरेका थिए ।

Translate »