सिप डर्डद्वारा राउटेलाई पाल वितरण

सुर्खेत । जाडोयाम समयमा त्रिपाल मुनिको बसाई त्यो पनि पाल च्यातियर ठाउँ–ठाउँमा ठूलठूला भुवाङ परेका छन् । पाल टाँगेर बसेका जंगलमा फिरन्ते जीवन विताउँदै आएका लोपोन्मुख राउटे समुदायलाई हावाहुँरीसँगै कहिले गर्मी त कहिले चिसोले सताउने गरेको छ ।

एशियन आदिवासी जनजातीका लागि एक्यवद्धता कोष (आईपास) को सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) को समन्वयमा अपांङ्गगता भएका आदीवासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्र (सिप डर्ड) ले सोमबार सुर्खेतको रानीघाटमा बस्दै आईरहेका ४३ घरधुरी राउटे समुदायलाई पाल वितरण गरेको हो ।

कर्णालीका विभिन्न जंगलमा घुमन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई अपांङ्गगता भएका आदीवासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्र (सिप डर्ड) ले बस्तीमै पुगेर पाल वितरण गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–२, रानीघाटको जंगलमा बस्दै आएका राउटे समुदायलाई आदीवासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रका अध्यक्ष प्रथमा श्रेष्ठ, गैरसरकारी महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारु, नेपाल आदीबासी जनजाती महासंघ सुर्खेतका अध्यक्ष अशोक राजी, राष्ट्रिय आदीबासी जनजाती महिला महासंघ सुर्खेतका अध्यक्ष बासना गुरुङ, आईपासका सदस्य रत्ना राना, वीनपा २ नम्वरका वडाध्यक्ष गजबहादुर बुढाले पाल वितरण गरेका हुन् ।

आईपासका सदस्य रत्ना रानाका अनुसार राउटे समुदायका ४३ घर परिवारलाई प्रति परिवार एक/एक वटाका दरले पाल वितरण गरिएको हो । तीन वटा पाल केही दिनमै राउटे समुदायका तीन परिवारले विवाह कार्यक्रम गर्ने तय भएकाले थप ३ वटा पाल अतिरिक्त वितरण गरिएको आईपासका सदस्य रानाले जनाईन् ।

‘जंगलहरुमा कठिनाइपूर्ण जीवन बिताउँदै आएको राउटे समुदायलाई सिप डर्ड संस्थाले जाडोबाट जोगिन पाल वितरण गरेर ठूलो पूण्य काम गरेको छ,’ वीनपा–२, का वडाध्यक्ष गजबहादुर बुढाले भने, ‘लोपोन्मुख नागरिकलाई सहयोग गर्न अन्य संघ संस्थालाई समेत आग्रह गर्दछु ।’ उनले राउटे समुदायको संरक्षण र सुरक्षाका लागि गैर राउटेको सहयोग तथा सद्भाव आवश्यक रहेको औल्याए ।

पाल वितरण गर्न पुगेकी आदीवासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रका अध्यक्ष प्रथमा श्रेष्ठले राउटे समुदायका माग अनुसार नै पाल उपलब्ध गराईएको बताईन् ।

‘उनीहरुको टहराका पाल पुरानो भएर जाडोमा सित चुहिने अवस्थामा पुगेको थियो, नयाँ पालले समुदायमा धेरै राहत हुनेछ,’ उनले भनिन्, ‘आगामी दिनमा समेत राउटे समुदायलाई प्राथमिकतामा राखेर विभिन्न दातृनिकायको सहयोगमा कार्यक्रम सञ्चालन गरिनेछ ।’ पाल पाएपछि सहायक मुखिया वीरबहादुर शाहीले खुसी भएको प्रतिक्रिया दिए ।

उनले भने ‘अब जाडोमा सित चुहिने डर हुँदैन, सिप डर्डले हामीलाई सहयोग गरेकोमा धन्यवाद छ ।’ अहिले राउटे समुदायका ४३ घरधुरीमा ७४ महिला र ६१ पुरुष गरि कुल १ सय ३५ जनाको संख्यामा छन् ।

Translate »