गायत्री महाविज्ञान पुस्तकको लोकार्पण

स्काई न्यूज /असोज २१, सुर्खेत ।  बेदमुर्ति पण्डित श्रीराम शर्मा आचार्यद्वारा लिखित गायत्री महाविज्ञान पुस्तकको लोकार्पण तथा समिक्षा गरिएको छ । युग निर्माण योजना गायत्री तपोभूमि मथुराद्वारा प्रकासित गायत्री महाविज्ञान नेपाली भाषामा लेखिएको पुस्तकको विहीबार वीरेन्द्रनगरमा एक कार्यक्रमका वीच प्राचार्य कृष्णबहादुर (थापा) आचार्यले लोकार्पण गरेका छन् । यसअघि गायत्री महाविज्ञान पुस्तक हिन्दी भाषामा मात्र लेखिएको थियो । हिन्दी भाषाको गायत्री महाविज्ञान पुस्तकलाई सुर्खेतका साहित्यकार तथा समाजसेवी तुलाराम थानीले थप परिस्कृत गर्दै नेपाली भाषामा उल्था गरेका हुन् ।

पुस्तकमा हिन्दु पौराणिक कथाहरुको बारेमा लुकेको ज्ञानलाई वर्णन गर्दै मानव दिनचर्यालाई सहज बनाउन आहार विहारसँगै विभिन्न जडिबुटीका फाईदाका बारेमा बताईएको छ । कार्यक्रममा साहित्यकार महेन्द्रप्रसाद गिरी, दिपक गौतम, मप विश्वविद्यालयका पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख माधव कोइरालालगायतले हिन्दी भाषामा सीमित रहेको गायत्री महाविज्ञानलाई नेपाली भाषामा उल्था गरेर साहित्यकार गिरीले उदाहरणिय कार्य रहेको बताए ।

उनीहरुले अहिलेपनि नेपाली समाजमा गायत्री महाविज्ञानको महत्व उत्तिकै रहेकाले अध्ययनमा रुची राख्नेहरुका लागि पुस्तक उपयोगी रहेको जिकिर गरे । उनीहरुका अनुसार पुस्तकमा लेखिएका विषय वस्तुलाई सरल र रोचक तरिकाले पाठकसामु पु¥याउने प्रयास गरिएको छ । हिन्दु धर्ममा आस्था राख्ने जोकोहीलाई गायत्री महाविज्ञान पुस्तक धार्मिक दृष्टिकोणबाट मात्र नभई मानव जीवनउपयोगी बनाउने प्रयास गरिएको छ । पुस्तकको मूल्य ३ सय रुपैयाँ मात्र तोकिएको छ । लेखक गिरीले यसअघि शान्तिकुञ्ज हरिद्वार यात्रा संस्मरण पुस्तक समेत प्रकासित गरिसकेका छन् ।

Translate »