२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

मुख्यमन्त्री शाहीद्वारा रंगशालाको अनुगमन



स्काई न्यूज /माघ १४, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश गौरव आयोजनाको रुपमा निर्माणाधिन अवस्थामा रहेको वीरेन्द्रनगर रंगशालाको अनुगमन गरेका छन् । उनले कर्णालीमा खेलकुदको विकासका लागि निर्माण गर्न लागिएको वीरेन्द्रनगर रंगशालाको निर्माणमा भईरहेको ढिलासुस्ती सह्य नहुने भन्दै निर्माण कम्पनीलाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘रंगशाला तोकिएकै समयमा सम्पन्न हुनुपर्छ नत्र यसले अर्थ राख्दैन,’ उनले भने, ‘कुनैपनि बहानामा समय छ, भन्दै ढिलासु्स्ती गर्न पाइँदैन ।’

मुख्यमन्त्री शाहीले शुक्रबार रंगशाला निर्माणस्थलमा पुगेर द्रुतगतिमा निर्माण कार्य अघि बढाउन निर्माण कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिए । यता निर्माण कम्पनीका प्रतिनिधिहरु भने इनडोर निर्माण कार्यको नक्सा आउन ढिलाई हुँदा पछिल्लो ६ दिनदेखि काम अवरुद्ध भएपनि आइतबारदेखि निरन्तर सुचारु रहने प्रतिवद्धता जनाए । २०८१ मा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्नका लागि पनि रंगशाला निर्माण समयमै सम्पन्न गर्नुपर्ने दवाव रहेको छ । गत मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको निर्माण कार्य शुरु भएको तीन महिना पुग्नै लागेको छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँको यो योजना २४ महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रबार
Translate »