पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम

माघ १८, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।

अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, मंगलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ, डिजेल र मट्टितेल १२५ रुपैयाँ पर्नेछ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले मूल्य बढाएको निगमले जानकारी दिएको छ ।

यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर ११६ रुपैयाँ कायम गरेको छ । अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएर १ हजार ९५ डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको बताएको छ ।

Translate »