२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 30, 2026

विद्यार्थीको भर्ना शुल्क वडाले तिर्ने



स्काई न्यूज/ जेठ ११, सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका–१०, नम्वर वडाले दुई जना विपन्न तथा जेहन्दार विद्यार्थीको भर्ना शुल्क तिर्ने निर्णय गरेको छ । वडाको बुधबार बसेको पहिलो बैठकले वडा भित्रै स्थित जन सेवा माध्यमिक विद्यालय घ्रुसामा सञ्चालित तीन वर्षिय कृषि विज्ञान विषयमा भर्ना लिन चाहने दुई जना जेहन्दार विद्यार्थीलाई भर्ना शुल्क तिरिदिने निर्णय गरेको हो ।

वडाध्यक्ष डिलबहादुर रखालको अध्यक्षतामा बसेको बैठकले वडाभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७९/०८० का लागि पहिलो वर्षको भर्ना फ्रि वडाले तिरिदिने निर्णय गरेको वडा सदस्य मनोहर आचार्यले जानकारी दिए । उनले वडा भित्रका विपन्न तथा जेहेन्दार एक जना छात्रा र एक जना छात्रका लागि तीन वर्षे कृषि विज्ञान विषयमा भर्ना लिनेलाई वडाले सहयोग गरिदिने पहिलो निर्णय भएको बताए ।

उनका अनुसार तीन वर्षे कृषि विज्ञान विषयका लागि तीन लाख शुल्क मध्ये वडाले पहिलो वर्षको भर्नामा लाग्ने एक लाख रुपैयाँ तिरिदिने छ । आर्थिक अभावले पढन नसकेका विपन्न, जेहेन्दार विद्यार्थीलाई वडाको उक्त सहयोगबाट केही हदसम्म सहयोग पुग्ने अपेक्षा राखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार
Translate »