२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 29, 2026

सुर्खेतका स्थानीय तहको बजेट आज



असार १०, सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय सरकारले शुक्रवार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार आज आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रबार
Translate »